धादिङमा थप एक सङ्क्रमितको मृत्यु

धादिङमा थप एक सङ्क्रमितको मृत्यु



विकास रौनियार, धादिङ


धादिङमा थप एक संक्रमितको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिइन् । मृतक पुरुषमा गत कात्तिक ३ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषको मृगौलामा समस्या रहेको र उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार योसँगै जिल्लामा हालसम्म १२ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।