वडाध्यक्षसहित १० जना जुवाको खालबाट पक्राउ, ७० हजार बरामद

वडाध्यक्षसहित १० जना जुवाको खालबाट पक्राउ, ७० हजार बरामद


बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

विशेष सूचनाका आधारमा जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाइको एक पसलबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्कासहितको टोलीले ७० हजार ७ सय ३० रुपैयाँसहित जयपृथ्वी नगरपालिका वडा नंम्बर ४ का वडाध्यक्ष गगन खाती, स्थानीय दीपक बहादुर वड, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेशराज जोशी र सन्तोष जोशीलाई राति १ बजेतिर जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।