वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना सङ्क्रमण



वागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रसाईं आफैंले जानकारी दिएका छन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट उनी दशैँमा झापाको मेचीनगरस्थित घर पुगेका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले हाल घरमै आइसोलेसनमा रहेका आफ्ना छोरा राजेशलाई पनि कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।