संक्रमण नियन्त्रणका लागि जापानले नयाँवर्षमा थप सात दिन बिदा दिने

संक्रमण नियन्त्रणका लागि जापानले नयाँवर्षमा थप सात दिन बिदा दिने



विशेष प्रतिनिधि, टोकियो

जापान सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आउँदो नयाँ वर्षमा साविकभन्दा एक हप्ता लामो बिदा दिन कम्पनीहरुलाई निर्देशन दिने भएको छ । मन्त्रिपरिषद्का एक सदस्यले नयाँ वर्षको समयमा आफन्तहरुसँगको भेटघाटमा संख्या कम गर्न र घुमघाममा पनि संख्या घटाउनको लागि यस्तो तयारी गरिएको बताए ।

जापान सरकारको कोरोना भाइरस नियन्त्रणको मुख्य जिम्मा बोकेका यासुतोसी निसिमुराले यसपटक नयाँ वर्षको विदा २०२१ जनवरी ४ तारिकसम्म नभई जनवरी १२ तारिकसम्म छुट्टि दिनको कम्पनीहरुलाई निर्देशन दिने बताएका छन् ।

जापानमा नयाँ वर्षको बिदाको समयमा आफन्तहरु भेट्नका लागि गाउँ फर्कने र घुम्न जाने मानिसहरु धेरै भएको हुनाले रेल, हवाइ उडान र होटलहरुको लागि सबैभन्दा व्यस्त सिजन हो । छोटो समयको विदा हुँदा मानिसहरु एकै समयमा यात्रा गर्ने भएकाले भिंडभाड हुन नदिन यो उपाय अपनाउन लागिएको बुझिएको छ ।