जापानमा तीन नेपाली सवार गाडी दुर्घटना, बालकको मृत्यु

जापानमा तीन नेपाली सवार गाडी दुर्घटना, बालकको मृत्यु



एस. क्षेत्री, होक्काईदो (जापान)

दशैँको टिकाको दिन आज (२६ अक्टोबर) बिहान १० बजे जापानको होक्काइदोमा एकै परिवारका तीन जना नेपाली सवार गाडी ट्रिपरसँग ठक्कर खाई दुर्घटना भएको छ ।

एकै परिवारका श्रीमान, श्रीमती र २ महिनाको सानो बच्चा सवार रहेको गाड़ी दुर्घटनामा परि २ महिने बच्चाको निधन भएको छ भने श्रीमान, श्रीमतीको अवस्था पनि गम्भीर रहेको जापानी सञ्चारमाध्यमहरु खबर प्रकाशन भएका छन् ।

बेक्काई सहरको राजमार्गमा कार घुमाउन खोज्दा ट्रिपरसँग ठक्कर खान पुगेको बताइएको । समाचारका अनुसार उनीहरु त्यहि सहरमा बस्दै आएका थिए ।