बाबुराम दम्पत्ति कोरोनाबाट संक्रमित

बाबुराम दम्पत्ति कोरोनाबाट संक्रमित



डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफूसँगै आफ्नी श्रीमती हिसिला यमी पनि संक्रमित बनेको जानकारी दिँदै चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा रहेको र आफ्ना सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।