सिजी ब्राण्डको लक्की ड्र विजेताहरु घोषित

सिजी ब्राण्डको लक्की ड्र विजेताहरु घोषित


नेपालको सबैभन्दा ठुलो ब्रान्ड सिजीले दशैँतिहार पर्वलाई लक्षित गरि ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजना घोषणा गरेको छ । जब घर परिवार स्वस्थ हुन्छ तब पर्व र उत्सवको मज्जा हुन्छ भन्ने सिजी ब्रान्डको विश्वास रहेको जनाउँदै सो कम्पनीले योजनाको नाम नै ‘कुशल स्वास्थ्य असल पर्व’ राखिएको प्रष्ट्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सि.जी. ब्रान्डका स्वच्छ र स्वस्थ घरयासी सामानहरुको खरिदमा हात खाली नजाने पक्का उपहारहरुका साथै आकर्षक छुटहरु पनि प्राप्त गर्न सक्नेछन् ।

सिजी ब्रान्डले आफ्ना धेरै ग्राहकहरुलाई विभिन्न डिजिटल क्याम्पियन मार्फत पुरस्कृत गरिसकेको छ । यसपाली पनि केही विजेताहरु फसेबुकमा भएको डिजिटल क्याम्पियनद्वारा पुरस्कृत भएका बताइएको छ ।

पुरस्कृतहरु मध्ये वड पज्जल कन्टेस्टमा ऋतु सिलाकर र राजिव झा, त्यसैगरी गेस एण्ड वीनमा सुशील बन्जारा र सुरक्षा श्रेष्ठ भाग्यशाली बिजेता चुनिएका छन् । उनीहरुले सिजी ब्रान्डको तर्फ़बाट सिजीकै प्रेसर कुकर, भ्याकुम फ्लाक्स, आइरन र प्यान उपहार प्राप्त गरेका छन् ।