देश जोगाउन सात पात्रबाट जोगिनुपर्ने !

देश जोगाउन सात पात्रबाट जोगिनुपर्ने !



■ देवप्रकाश त्रिपाठी


‘पोकर फेस’ स्थिर भावको एउटा सङ्केत हो । जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन, त्यस्तो अनुहारलाई अङ्ग्रेजीमा ‘पोकर फेस’ भनिन्छ । जुवाघरमा जुवा खेलाउने व्यक्तिलाई ‘पोकर’ भनिन्छ र, जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने या नथाप्ने निर्णय नगरुन् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्वित हुन दिँदैनन् । बडो स्थिर र गम्भीर देखिन्छ ‘पोकर’हरूको अनुहार, तर ती भित्रबाट सधैं उद्वेलित र तनावग्रस्त हुन्छन् ।

काङ्ग्रेस पार्टीको सहयोगमा संसदीय निर्वाचनमा विजयी भइ सांसद बन्न सफल गोर्खाका बाबुराम भट्टराईको अनुहार मात्र हेरेर निष्कर्ष निकाल्ने हो भने उनी जति ‘स्थिर र गम्भीर’ कपडा पसलमा उभ्याइएका कुनै डमी पनि नभएजस्तो लाग्छ । तर अनुहारले सङ्केत गरेजस्तो चरित्र र स्वभाव आफूमा नभएको बाबुराम स्वयम्ले व्यवहारद्वारा शिद्ध गरिदिएका छन् । राजनीतिक एवम् वैचारिक रूपले सबैभन्दा अस्थिर तथा चञ्चल राजनीतिकर्मी बाबुराम भएको ठहर गर्न सकिन्छ ।

युवावयमा काङ्ग्रेसनिकट पुगेका बाबुराम ऋषिकेश शाहको अभिभावकत्व प्राप्त गरेपछि फेरिए । बाबुरामलाई जातिवादी अवधारणा ग्रहण गराउन र उच्च शिक्षा अध्ययनको लागि भारतमा छात्रवृत्ति प्राप्त हुनुमा ऋषिकेश शाहकै मूख्य योगदान छ । जातीय मुद्दा उठाएर नेपाली समाजलाई लथालिङ्ग बनाइदिने र, राजतन्त्र उन्मूलनको ढोका खोल्ने शिक्षा ऋषिकेश शाहले इन्दिरा गान्धीबाट पाएका थिए र, त्यही शिक्षा बाबुरामले चाहिँ ऋषिकेशबाट प्राप्त गरेका हुन् । माओवादी हिंसात्मक सङ्घर्ष चलिरहेकै बेला शाहको निधन भएपछि शोकमा बाबुरामले गरेको विलापलाई त्यस समयका खास–खास सञ्चारमाध्यमहरूले उच्च महत्व दिएका थिए ।

काङ्ग्रेस, कम्युनिष्ट पार्टी र यिनको नेतृत्व राज्यसञ्चालनमा पूर्णतः असफल प्रमाणित भइसकेका छन् र, विकल्पको अपरिहार्यता जनस्तरबाट समेत महशुस गर्न थालिएको छ । तर काङ्ग्रेस-कम्युनिष्टको विकल्प कुनै बाबुराम, उपेन्द्र, राजेन्द्र, आशोक र आङ्काजीहरू होइनन्, हुन सक्दैनन् । यहाँ काङ्ग्रेस कम्युनिष्टको विकल्पका रूपमा खतरनाक जातिवादी क्षेत्रियतावादीहरूलाई खडा गर्न खोजिएकोप्रति आमनेपाली जनता अहिले नै सचेत हुनुपर्ने देखिएको छ ।

त्यसताक नेपाली काङ्ग्रेस आफ्नै वैचारिक धरातलमा उभिएकोले काङ्ग्रेसमार्फत जातीय भड्काव पैदा गर्न सम्भव भएन, त्यसैले बाबुराम वामपन्थी कम्युनिष्ट बने र, तत्काालीन समयमा सबैभन्दा शक्तिशाली र प्रभावकारी मानिने नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) को समर्थकका रूपमा प्रकट भए । धर्मरत्न यमीको परिवारसँग जोडिएपछि उनको नेपालीत्व खस्कँदै गयो र, निजी महत्वकाङ्क्षा पूरा गर्न जेसुकै गर्ने तहमा पुगे ।

वि.सं. २०४० सालमा नेकपा (चौम) का नेताहरू मोहनविक्रम सिंह र निर्मल लामाका बीच फाटो आएपछि बाबुराम सिंहतिर लागे । २०४२ सालमा मोहनविक्रम र मोहन वैद्यबीच फुट हुँदा मोहनविक्रमसँगै बसेका उनी प्रचण्ड महामन्त्री बनेपछि प्रचण्डतिर सरे । २०४७ सालमा देशभक्त र प्रजातन्त्रवादी शक्ति र व्यक्तिलाई समेट्ने उद्देश्यका साथ निर्वाचन आयोगमा ‘संयुक्त जनमोर्चा नेपाल’ नामक दल दर्ता गर्ने बाबुराम त्यसबेला ‘माक्र्सवादसम्म चाहिँ मानिदिउँ न’ भन्ने गर्थे, त्यसको पाँच वर्ष पुग्दानपुग्दै खुङ्खार माओवादीमा रूपान्तरित भए । हज्जारौँ निर्दोष नेपाली नागरिकलाई आफ्नो उग्र महत्वकाङ्क्षाको भट्टीमा राखेर पोलेपछि यिनले प्रधानमन्त्रीसम्म बन्ने मौका त पाए, त्यसपछि माओवादी कम्युनिष्ट आन्दोलनको औचित्य नरहेको सार्वजनिक घोषणा गर्दै करोडौँ रूपैयाँ खर्च गरेर धुमधामका साथ नयाँ शक्ति नामको एउटा ‘डिपार्टमेण्टल स्टोर’ खोले, तर त्यो पसल चलेन, उनी किराना पसलेमा रूपान्तरित भए ।

जे होस्, बाबुरामले कम्युनिष्ट आन्दोलनको औचित्य नरहेको घोषणा गर्दा त्यसलाई ठिकै मानिएको थियो । तर २०७४ सालमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा जब नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण गर्ने प्रतिबद्धताका साथ चुनावी गठबन्धन हुने भयो, त्यसपछि बाबुराम दौडिएर राष्ट्रियसभामा पुगे र, ‘आफ्नो पुरानो सपना नै कम्युनिष्टहरूबीचको एकता हो’ भन्न भ्याए । कम्युनिष्ट एकताबाट पुलकित भएका उनी एमाले र माओवादी दुवै कित्ताले ‘स्पेस’ दिन आनाकानी गरेपछि ‘काङ्ग्रेसबिना समृद्धि सम्भव नभएको’ भन्दै गोर्खाबाट चुनाव जित्न काङ्ग्रेसको कृपा खोज्न पुगे । यतिबेला बाबुराम जातियतावाद, क्षेत्रियतावाद र बहुराष्ट्रिय राज्यका पक्षमा उभिएको समूहमा आवद्ध भएर त्यसको नेतृत्व लिन खोज्दै छन् र, कुनै आङ्काजी नामक व्यक्तिको जातीय घृणावादी वैचारिक मार्गदर्शनमा चल्ने पार्टीका माध्यमबाट ‘वैतरिणी पार गर्ने’ विश्वासका साथ क्रियाशील हुँदैछन् ।

झण्डै दर्जन पटक दल र विचार बदल्ने बाबुराम आगामी संसदीय निर्वाचनको समयसम्ममा कहाँ पुग्ने हुन्, त्यसको अनुमानसम्म गर्न सकिँदैन । तर उनी जहाँ पुगे पनि नेपालीको मौलिक धर्म, संस्कृति, राष्ट्रिय एकता र सामाजिक सद्भावका विरुद्ध नै हुनेछन् भन्ने उनको हालसम्मको (अ)राजनीतिक अभ्यासले प्रष्ट गरेको छ ।

यसरी झण्डै दर्जन पटक दल र विचार बदल्ने यिनी आगामी संसदीय निर्वाचनको समयसम्ममा कहाँ पुग्ने हुन्, त्यसको अनुमानसम्म गर्न सकिँदैन । तर बाबुराम जहाँ पुगे पनि नेपालीको मौलिक धर्म, संस्कृति, राष्ट्रिय एकता र सामाजिक सद्भावका विरुद्ध नै हुनेछन् भन्ने उनको हालसम्मको (अ)राजनीतिक अभ्यासले प्रष्ट गरेको छ । आफूलाई सधैं चर्चामा राखिरहन चाहने यिनी त्यसनिम्ति केही न केही विवादास्पद अभिव्यक्ति दिन चाहन्छन् । कहिले बहुराष्ट्रिय राज्यको वकालत गरेर त कहिले निश्चित जातीय समुदायको मानमर्दन गरेर चर्चामा आउने बाबुरामले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी नेता शेरबहादुर देउवा र ‘माओवादी’ नेता प्रचण्डले नौ अर्ब रकम भ्रष्टाचार गरेको प्रमाण आफूसँग भएको भनी प्रमुख दल तथा तिनका नेताको ‘बदनाम’ गर्ने (यद्यपि सबै बदनाम नै छन्) र आफूतिर देशवासीहरूको ध्यानाकर्षण गर्ने प्रयास गरेका छन् ।

नेपालका अधिकाङ्श नेता भ्रष्टाचारमा रमाउँछन् र, भाग नपाउँदा मात्र भ्रष्टाचारको विरोध गर्छन् भन्ने कुराको जानकारी हरेक नेपालीलाई छ । स्वयम् सरकारमा हुँदा पनि बाबुरामबाट सुशासनको अनुभूति दिलाउने कुनै कार्य भएको सम्झना गरिँदैन । बरु लुकाएर राखिएको (माओवादीको) हतियार विदेशीलाई बेचेर नगद हात पार्ने योजनामा बाबुरामको समेत सहभागिता रहेको तथ्यबोध जनतालाई भएपछि उनको सक्कली रूपको आभास सर्वत्र हुनेछ ।

वास्तवमा बाबुराम नेपाली राजनीतिलाई पुनः आफ्नो काबुमा लिन प्रयासरत छन् र, त्यसनिम्ति उनले विखण्डनकारी एवम् धर्मसापेक्षताका विरोधी शक्ति र व्यक्तिलाई एक ठाउँमा ल्याउने र त्यस्ता सबैको साझा नेता बनेर ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ पद पड्काउने चाल चलिरहेका छन् । देशमा बाबुरामको जस्तै (कु)विचार बोक्नेहरू आङ्काजी, उपेन्द्र र राजेन्द्रहरू मात्र छैनन् । विमलेन्द्र निधि, गगन थापा, सुवास नेम्वाङ, सिके राउत र प्रचण्ड पनि त्यही कुवाको पानी पिउनेमा पर्छन्, जहाँ बाबुरामले पिउने गर्छन् । भौतिक विकासलाई मात्र विकास ठान्ने यिनी विकासका सपना देखाएर राष्ट्रिय एकता बिथोल्दै देश विघटनको यात्रा छोट्याउने प्रपञ्चमा छन् भन्ने यथार्थलाई समयमै बुझ्न सकिएन भने बाबुरामबाट नेपालीले पाउने भनेको केवल धोखा हो र, हिजो पनि पाएको धोखा मात्र हो । आफ्नो निजी महत्वकाङ्क्षा पूरा गर्न देशलाई दाउमा लगाउने बाबुराम काङ्ग्रेस, एमाले र माओवादीका नेतालाई मात्र भ्रष्टाचारी देख्छन्, तर नेपाली जनताको दृष्टिमा प्रचण्ड, केपी र शेरबहादुर भन्दा हिसिला कम भ्रष्टाचारी भएको प्रमाणित गर्नुपर्ने चुनौती बाबुरामका अघिल्तिर खडा भएको छ ।

भौतिक विकासलाई मात्र विकास ठान्ने बाबुराम विकासका सपना देखाएर राष्ट्रिय एकता बिथोल्दै देश विघटनको यात्रा छोट्याउने प्रपञ्चमा छन् भन्ने यथार्थलाई समयमै बुझ्न सकिएन भने बाबुरामबाट नेपालीले पाउने भनेको केवल धोखा हो र, हिजो पनि पाएको धोखा मात्र हो ।

गुमेको शक्ति प्राप्त गर्न बाबुराम जसरी तड्पिएका छन्, यसले उनलाई ठीक मार्गमा हिँडाउने देखिन्न । मार्ग गलत नै भए पनि बाबुराम यतिबेला प्रचण्ड, शेरबहादुर र केपीको एकमुष्ट विकल्प बन्ने इच्छाबाट प्रेरित छन् । पश्चिमा इसाइ शक्ति तथा नेपालप्रति सद्भाव नराख्ने विभिन्न खुफिया एजेन्सीहरूलाई खुशी तुल्याउने, सबै माओवादी र जातिवादी एवम् क्षेत्रियतावादीहरूलाई आफ्नो नेतृत्वको मोर्चामा सामेल हुन बाध्य हुनुपर्ने परिस्थिति निर्माण गर्ने र, तिनकै समर्थन तथा सहयोगमा देशको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बन्ने स्वप्न योजनामा बाबुराम देखिएका छन् । देश यतिबेला प्रचण्ड, देउवा र केपीको मात्र नभएर बाबुराम र उपेन्द्रहरूको समेत विकल्प खोज्दैछ । तर, बाबुराम तिनको विकल्प आफूलाई बनाउन चाहँदैछन् र उनका हरेक अभिव्यक्ति र क्रियाकलाप त्यतैतिर लक्षित छ ।

जातिमा आधारित आरक्षणसहितको धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक व्यवस्था स्थापना गरेर नेपाललाई जगैदेखि हल्लाउने कार्य सम्पन्न भएको हिजो सुईंको नपाउनेहरूले पनि अब पूर्ण जानकारी पाइसकेका छन् । जनजाति र मधेशवासीहरू जो सच्चा देशभक्त छन्, तिनले समेत प्रचण्ड-बाबुरामहरूले महान् उपलब्धिका रूपमा व्याख्या गरेका जातिवाद, धर्मनिरपेक्षता, सार्वभौमिकताको विभाजन र, गणतन्त्र नेपालको हितविपरीत रहेको बुझ्न थालेका छन् । सात वर्षदेखि बन्न नसकेको संविधान रातारात जारी गरिनुको रहस्य पनि खुलिसकेको छ । संविधान निर्माणका क्रममा चिनियाँ भूमिका निरपेक्ष रहेको र भारतको असहमति भएको छर्लङ्ग देखिएपछि कसको इच्छा र लगानीमा संविधान जारी भएको थियो भन्ने नबुझिएको होइन ।

धर्मनिरपेक्षता, जातिवाद, सार्वभौमिकताको खण्डिकरण र गणतन्त्रलाई संस्थागत (लिपिबद्ध) गर्ने काम मात्र २०७२ असोजमा भएको हो । अब जातीय क्षेत्रीय उपद्रव पैदा गरी नेपाललाई गृहयुद्धको भूमरीमा पार्ने र शान्तिका निम्ति भन्दै बाह्य सेना प्रविष्ट हुने रणनीतिक योजनाअनुसार काम भइरहेको छ । देशलाई जातीय एवम् क्षेत्रीय द्वन्द्वको दुन्दुभीमा नहोमेसम्म बाह्य शक्तिको प्रवेश हुन नसक्ने भएकोले मुलुकमा दोस्रो चरणको अराजकताको पृष्ठभूमि बनाउन थालिएको छ । त्यस किसिमको अराजकताको निम्ति आङ्काजी, उपेन्द्र, राजेन्द्र र अशोक राई जस्ता साम्प्रदायिक तत्वको साथ लगाएर बाबुराम भट्टराईलाई खटाइएको देखिँदैछ । जातिवाद र क्षेत्रीयतावादलाई संस्थागत गर्न बहुराष्ट्रिय राज्यको अवधारणा बाबुरामहरूमार्फत नियोजित ढङ्गले उठ्न थालेको छ । उनीहरूले नेपालको एकताविरुद्ध उक्त अवधारणालाई आफ्नो समूहको दस्तावेजमै लिपिवद्ध गरिसकेका छन् ।

समय-समयमा निश्चित जाति र सनातन हिन्दू धर्म-संस्कृतिविरुद्ध घृणाको विस्तार गर्ने-गराउने कार्य पनि बाबुराममार्फत नै हुँदै आएको छ । काङ्ग्रेस कम्युनिष्ट र तिनका नेताविरुद्धसमेत घृणाभाव पैदा नगरेसम्म अभीष्ट पूरा नहुने भएकोले यस कार्यको अगुवाइ पनि बाबुरामबाट नै गराइँदै छ । काङ्ग्रेस, कम्युनिष्ट पार्टी र यिनको नेतृत्व राज्यसञ्चालनमा पूर्णतः असफल प्रमाणित भइसकेका छन् र, विकल्पको अपरिहार्यता जनस्तरबाट समेत महशुस गर्न थालिएको छ । तर काङ्ग्रेस-कम्युनिष्टको विकल्प कुनै बाबुराम, उपेन्द्र, राजेन्द्र, आशोक र आङ्काजीहरू होइनन्, हुन सक्दैनन् । यहाँ काङ्ग्रेस कम्युनिष्टको विकल्पका रूपमा खतरनाक जातिवादी क्षेत्रियतावादीहरूलाई खडा गर्न खोजिएकोप्रति आमनेपाली जनता अहिले नै सचेत हुनुपर्ने देखिएको छ ।

क्रान्ति, परिवर्तन र सुधारकै नाममा रातारात उत्पन्न गराइएका ‘झिल्के’ नेताहरूको पछि लाग्दा अन्य मुलुकले जुन स्तरको परिणति भोग्नुपरेको थियो, हामी पनि त्यस्तै नियति ब्यहोर्दै छौँ । गोर्वाचोभ, जिन्ना र लेण्डुपहरू पनि राम्रो वक्ता र लोकप्रिय व्यक्तिहरू थिए, आफ्नो समयका प्रभावकारी मानिस भएकैले उनीहरूबाट देश विघटन र विभाजनका कार्य सम्भव भएका हुन् । त्यसैले जनता जोगिनुपर्ने पनि ‘यस्तै’ पात्रहरूबाट हो ।

बाबुराम भट्टराईको खलनायकीमा शुरु हुँदै गरेको दोस्रो चरणको अराजकतामा निश्चित समयपछि विमलेन्द्र निधि, गगन थापा, सुवास नेम्वाङ, सिके राउत र प्रचण्ड पनि कुनै न कुनै प्रकारले जोडिनेमा शङ्का गर्नु पर्दैन, किनभने यी पात्रहरूको पालनपोषण नै यही कार्यका निम्ति हुँदै आएको हो । उपेन्द्र यादव बाबुरामसँग जोडिइसकेकै छन् । उल्लिखित सात पात्रहरू घोषित या अघोषित मोर्चाबन्दी गरेर नेपाललाई जातीय र क्षेत्रीय द्वन्द्वको चपेटमा पार्न सायद धेरै ढिला नगरिकन अब सक्रिय हुन थाल्नेछन् । यिनका पक्षमा आवाज उठाउन पहिल्यैदेखि पालिएका लेखक, पत्रकार, विश्लेषक, मानवअधिकारकर्मी तथा एनजीओ व्यवसायीहरू ‘क्याप्टेनको सिठ्ठी’ र ‘चेक’ पर्खेर बसिरहेका छन् । यसरी नेपालीको दुर्दिन शुरु गराइँदैछ ।

त्यसैले सम्पूर्ण नेपाली जनता बाबुराम भट्टराई, विमलेन्द्र निधि, सिके राउत, प्रचण्ड, गगन थापा, सुवास नेम्वाङ र उपेन्द्र यादवहरूको ‘रासपुटिन भूमिका’प्रति सचेत नहुने हो भने देशको दुर्दिन टाढा छैन । यी सात प्रमुख पात्रबाहेक विवेकशील, साझा आदि नाममा खुलेका राजनीतिक दुकानदारीको अर्थ पनि सबै नेपालीले बुझ्न सक्नुपर्छ । यति तथ्य नबुझ्ने हो भने नेपाली पहिचान र नेपालको अस्तित्व विघटन नजिकिएको बुझ्दा हुन्छ ।

सोभियत जनताले समयमै मिखाइल गोर्वाचोभलाई चिन्न सकेका भए सम्भवतः उक्त मुलुकले विभाजनको पीडा भोग्नुपर्ने थिएन । मानिसको पहिचान समयमै हुन नसक्नुको परिणाम सिक्किमे जनता र सोभियत सङ्घले मात्र भोगेका होइनन्, गृहयुद्ध र विभाजनको पीडा भोग्ने विश्वका हरेक मुलुकको कथा-ब्यथा उस्तै छ । क्रान्ति, परिवर्तन र सुधारकै नाममा रातारात उत्पन्न गराइएका ‘झिल्के’ नेताहरूको पछि लाग्दा अन्य मुलुकले जुन स्तरको परिणति भोग्नुपरेको थियो, हामी पनि त्यस्तै नियति ब्यहोर्दै छौँ । गोर्वाचोभ, जिन्ना र लेण्डुपहरू पनि राम्रो वक्ता र लोकप्रिय व्यक्तिहरू थिए, आफ्नो समयका प्रभावकारी मानिस भएकैले उनीहरूबाट देश विघटन र विभाजनका कार्य सम्भव भएका हुन् । त्यसैले जनता जोगिनुपर्ने पनि ‘यस्तै’ पात्रहरूबाट हो । बाबुराम, प्रचण्ड, विमलेन्द्र, गगन, सीके, उपेन्द्र र सुवास प्रतिनिधिपात्रहरू हुन्, यिनका पछुवाहरूलाई समेत जोड्ने हो भने सतहमा देखापरेका केही राजनीतिजीवी, लेखक, विश्लेषक, पत्रकार, एनजीओ व्यवसायी र मानवअधिकारकर्मीको आवरणमा रहेका समेत पाँच दर्जन मानिससँग नेपाली जनता सचेत रहनुपर्ने अवस्था छ, जय मातृभूमि ।