भारतमा क्रिप्टो क्रिश्चियनको प्रभाव

भारतमा क्रिप्टो क्रिश्चियनको प्रभाव



■ मोहन लामा रूम्बा
(क्रिप्टो क्रिश्चियन–२)

भारतको दलित जातिका तर्फबाट पहिलो राष्ट्रपति बन्न सफल केआर नारायणको मृत्यु भयो । उनको मृत्युपश्चात् राजघाटमा हिन्दू परम्पराअनुसारको चिता बनाउन कर्मचारीहरू जुटे, जलाए ! तर, घर–परिवारबाट खबर आयो– ‘उहाँ त क्रिश्चियन धर्मावलम्बी हो !’ यसपछि उनको खरानी क्रिश्चियनको कब्रस्तानमा लगी पुरेर अर्को चिता बनाइ गाडियो । सबै हिन्दु जिल्लाराम !

अहिले पनि गुगलमा हेर्नु, विकिपिडियामा केआर नारायणको धर्मको महलमा ‘हिन्दू’ नै लेखिएको छ ।

यसरी जीवनभर हिन्दूको आवरणमा बसे, मन्दिर–मन्दिर ढोग्दै हिँडे, दलितको कोटामा दुवै हातमा लड्डु खाँदै बसे, भित्र–भित्र उहिल्यैदेखि चालु भैसकेका रहेछन्… !

०००

प्रधानमन्त्री अटलविहारी बाजपेयीको कार्यकालमा राष्ट्रपति केआर नारायणन नै थिए । हिन्दुहरूको विश्वको एक मात्र काशी हिन्दू विश्वविद्यालयमा नयाँ उपकुलपति चयन गर्नुपर्ने भएकोले चयन कार्यका लागि चारधामबाट सिफारिसमा परेका चार जना ब्यक्तिको नाम सिफारिस गऱ्यो, पहिलो दोस्रो तेस्रो चौथो गरी जसमा चौथोमा नाम थियो वाइएस सिम्हाद्रीको ! यसभन्दा अगाडि काशी हिन्दू विश्वविद्यालयको इतिहासमा जसको नाम अगाडि सिफारिस गरेको हुन्छ प्राथमिकता तिनलाई दिएर उपकुलपति चयन हुँदै आइरहेकोमा राष्ट्रपति केआर नारायणले चौथो नम्बरमा भएको वायएस सिम्हाद्रीलाई नियुक्त गरे, जो क्रिप्टो क्रिश्चियन’ थिए । केआर नारायणले चौथोमा नाम भएकोलाई किन पहिलोमा ल्याएर नियुक्त गरे होला भनेर त्यतिबेला नबुझेर बस्नेहरूले उनी मरेपछि पो बल्ल बुझे, कारण त यस्तो पो रहेछ भनेर !!

०००

गौरी लंकेश देखाउने अनुहार पेशागत चर्चित बामपन्थी पत्रकार पुर्व जेएनयुमा छात्रा संघको अध्यक्ष । अहिले यिनले उत्पादन गरेका ‘छाउरा’हरू छन् कन्हैया कुमार भन्नेहरू !

यिनले जीवनभर हिन्दूत्वको विरुद्धमा कलम चलाइरहिन् ! माता दुर्गालाई ‘बेस्या’ भन्नेदेखि ‘दुर्गा देवी होइन हत्यारा हुन्, महिषाशुर कर्णाटकको मैसुर निवासी नागरिक हुन्, त्यसैले महिषाशुरलाई पुजेर मैसुर दिवस मनाउनुपर्छ’ भन्दै प्रत्येक वर्ष मैसुरमा महिषाशुरलाई हाम्रो शहीद हो भन्दै माल्यार्पण गरेर कार्यक्रम गर्दै आइरहेकी थिइन् ।

धेरै हिन्दूले सोचे– यिनी कुनै धर्म नमान्ने बामपन्थी हुन् ! तसर्थ यी सबै उनको गतिविधिलाई अर्कै एंगलबाट हेरेर चुपचापसँग बसे ! तर जब केही उग्र हिन्दू युवाहरूले यिनको ‘बध’ गरे, यिनको अन्तिम शवयात्रामा दशौँ हजार मान्छे जुटे, धेरैले सोचे हिन्दूको घाटमा लगेर जलाउँछ होला ! तर शव बोक्ने गाडी क्रिश्चियनको कब्रस्तानतर्फ लागेपछि पो बल्ल थाहा भयो यिनी त ‘क्रिप्टो क्रिश्चियन’ रहिछन् बामपन्थी त उनको अनुहार छोप्ने नकाव मात्रै रहेछ भनेर सर्वसाधारणले बुझे । नेपालका ‘तोर्मे’हरूले पनि पछि पछी बुझ्दै जालान् !!

०००

२ सेप्टेम्बर २००९ मा आन्ध्र प्रदेशको मुख्यमन्त्री वाइएस राजशेखर रेड्डी उडेको हेलिकप्टर केही क्षणमा नै नल्लामला जंगलमा हरायो । दुर्घटनामा परेको आशंकामा मुख्यमन्त्री सकुशल होस् भन्दै हिन्दूहरू मन्दिरमा पूजा गर्ने होम यज्ञ गर्ने गर्न थाले । केही दिनमा दुर्घटनामा परेको हेलिकप्टर त भेटियो तर सवार यात्रीहरू सबै मृत्यु भएको अवस्थामा ! मुख्यमन्त्री वाइएस राजशेखर रेड्डीको शवलाई राजकीय सम्मानपश्चात् लगे पास्टरहरूले क्रिश्चियनको कब्रस्तानमा गाड्नलाई । त्यसपछि मात्रै बल्ल सर्वसाधारणले चाल पाए उनी त पहिलेदेखि नै क्रिश्चियन भैसकेको रहेछ भनेर । त्योभन्दा अगाडि हिन्दूको मठ–मन्दिरमा टीका लगाउँदै तिरुपती बालाजी पुगेर चन्दन घस्दै हिँड्थे ! काङ्ग्रेसभित्र सोनिया गान्धीले कसरी उनको उचाई बढाउँदै मुख्यमन्त्रीसम्म पुऱ्याएको रहेछ भनेर पनि चाल पाए राजनीतिक वृत्तमा ।

अहिले उनको छोरा वाइएस रेड्डी मुख्यमन्त्री छन्, उनले चुनाव जित्नेवित्तिकै क्रिश्चियनलाई यरुसेलम जान ६० हजार दिने घोषणा गर्दै चर्चको पास्टरलाई मासिक ५००० दिने घोषणा पनि गरे । सायद धेरै हिन्दूलाई थाहा नहोला प्रसिद्ध तिरुपती बालाजी मन्दिरमा काम गर्ने ४० प्रतिशत कर्मचारी क्रिश्चियन छन् सरकारी नियुक्तिमा आएका ।

तर आन्ध्र प्रदेशमा ९० प्रतिशत हिन्दू जनता छन् भने क्रिश्चियन सिर्फ १.३८ प्रतिशत ! फेरि यस्तो कसरी भन्लान् ? हिन्दू न हो पिठ्युँमा मुसारेर छातीमा लात्तीले हान्यो भने पनि जेसुकै होस् ! भर्खरै मेरो पिठ्युँमा मुसारेको त हो नि तिनले भनेर बस्ने जात न पऱ्यो !! किनकि यी क्रिश्चियन मुख्यमन्त्रीले बेलाबेलामा मन्दिर गएको, चन्दन घसेको पूजा गरेको तस्बिर समाचार पत्रमा छपाइ रहन्छन्, यहाँभन्दा बढी हिन्दूलाई के चाहियो ?

०००

सुब्रमण्यम स्वामी भारतका चर्चित पुराना कांग्रेसी नेता हाल बीजेपीका हुन् । यिनले एउटा अन्तर्वार्तामा भनेका थिए- राजीव गान्धीले प्यालेस्टाइनका नेता यासर आरफतसँग भेटेर यहाँबाट गोप्य रूपमा सोनिया गान्धीमार्फत गएको पैसाको सदुपयोग के-कस्तो भएको छ भनेर सोधपुछ गर्नु भनेर पठाएका रहेछन् । त्यहाँ गएर सोध्दा यासर आरफतले ‘तपाईंको प्रधानमन्त्रीलाई भन्नुस् त्यहाँबाट आएको पैसा मकहाँ सिधै पठाउनु, किनकि भारतबाट आएको पैसा सोझै यहाँको क्रिश्चियन च्यारेटीमा जान्छ’ भनेर जानकारी दिएछन् !

तामिलनाडुको काँची शंकराचार्य पिठ भारतमा सबैभन्दा बढी समाजसेवामा सक्रिय छ । यो पिठले धर्म परिवर्तनको विरुद्धमा गाउँ–गाउँमा कार्यक्रम सञ्चालन गर्छ, दलितलाई हिन्दूसँग जोड्ने अभियानस्वरुप दलितहरू सबैलाई मन्दिरमा आउ ढोका खुला छ तपाईंहरू नआउने भए मन्दिर नै गाउँ-गाउँमा आउँछ भन्दै गरीब बस्ती-बस्तीमा स्वस्थ्य शिक्षा पुऱ्याएर धर्मान्तरणलाई रोक्ने काममा भारतमा काँची कामकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वती जतिको सक्रियता कुनै हिन्दू संघ-संस्थाको छैन र थिएन पनि । अब सबैलाई थाहै छ ‘दलित’ भनेको क्रिश्चियनको आहार हो, त्यो आहारमा आँखा लगाएपछि त्यसको के हालत हुन्छ ? त्यही हुन्छ जुन नारायण पोखरेलको भएको नजीर हेर्नु ।

तर त्यहाँ अलिकति फरक भयो । शंकराचार्य जयन्द्र सरस्वतीलाई ब्लु फिल्म हेरेको, बलात्कार हत्या गरेको आरोपमा गिरफ्तार गरियो त्यो पनि त्रिकालको पुजा गरिरहेको अवस्थामा । यसको पछाडि सिधै हात सोनिया गान्धीको थियो भनेर त लेखेन तर घुमाउरो रूपमा भर्खरै दिवंगत पूर्वराष्ट्रपति एवं कांग्रेसको द्विग्गज नेता प्रणव मुखर्जीले लेखेको ‘द कोएलिसन इयर्स’ (The Coalition Years) पुस्तकमा ऊनी भन्छन्- ‘म उक्त गिरफ्तारीप्रति अत्यन्त असहमत तथा असन्तुष्ट थिएँ, क्याबिनेट बैठकमा यस मामलालाई उठाएको पनि थिएँ । मैले सवाल गरेको थिएँ कि देशमा धर्मनिरपेक्षताको पहुँच केवल हिन्दू सन्त-महात्माहरूसम्म नै सीमित छ ? के कुनै राज्यको पुलिसले कुनै मुस्लिम मौलवीलाई इदको अवसरमा गिरफ्तार गर्ने हिम्मत देखाउन सक्छ ?’ । उनको यस लेखनीबाट प्रष्ट हुन्छ सोनियाको केन्द्र सरकार नै गिरफ्तार गराउन सक्रिय भएको रहेछ !

अरुणाचल प्रदेशमा सन् १९५१ मा एकजना पनि इसाई थिएनन्, तर २००१ मा त्यहाँ इसाई आवादी १८ प्रतिशत पुग्यो । २०११ को जनगणनाको परिणामअनुसार यतिबेला त्यहाँ इसाई उपस्थिति ३० प्रतिशतभन्दा ज्यादा देखिएको छ । अरुणाचलमा धर्मान्तरणको सिलसिला १९८४ मा राजीव गान्धी प्रधानमन्त्री बनेपछि नै शुरु भएको थियो । राजीव सरकारले सोनियाकै विशेष जोडमा अरुणाचलमा इसाई मिसनरीहरूलाई आफ्नो सेन्टर खोल्न स्वीकृति दिएको थियो त्यसपछि बहुसंख्यक बौद्ध रहेकोे अरुणाचल प्रदेशबाट बौद्ध अल्पमतमा आइसकेको छ खुसीको कुरा के भने अहिले मोदी सरकारले सबै धर्म परिवर्तन गराउने एनजीओलाई बन्द गराएर हिन्दु बौद्ध संस्थालाई गाउँ-गाउँमा पठाएर आ-आफ्नो पुरानो धर्ममा फर्काउने अभियान चालु गरिरहेको छ । उता लेह लद्दाखमा रहेकोे बौद्ध बाहुल्य क्षेत्रलाई मुस्लिम बाहुल्य जिल्लामा गाभेर बौद्ध समुदायलाई आफ्नै भूमिमा अल्पसंख्यक पारेर इस्लामीकरण गर्दै आइरहेको थियो जुन अहिले अलग्गै केन्द्रशासित बौद्ध क्षेत्र बनाएर उनीहरूको धार्मिक साँस्कृतिक अस्तित्व जोगाउने काम भएको छ ।

‘क्रिप्टो क्रिश्चियन’को अर्को दरिलो नमूना हेरौँ–

‘१७ डिसेम्बर २०१० मा विकिलिक्सले राहुल गान्धीले २० जुलाई २००९ मा भारतका लागि अमेरिकी राजदूत टिमोथी रोमरसँग गरेको एक वार्तालापको विवरण एक्सपोज गरिदिएको थियो, अमेरिकी राजदूतसँग राहुलले भनेका थिए- ‘भारतविरोधी मुस्लिम आतङ्कवादी र वामपन्थी आतङ्कवादी भन्दा भारतको निम्ति हिन्दूहरू बढ्ता खतरा हुन् ।’ https://ghatanarabichar.com/133637 (घटना र विचार साप्ताहिक १ माघ २०७५ को अनलाइन बाट)

यसबाट भारतका एक अर्ब हिन्दू नागरिकप्रति गान्धी परिवार तथा कंग्रेस पार्टीको दृष्टिकोण के रहेछ भन्ने प्रस्ट हुन्छ ।