१५ कार्तिक २०७७, शनिबार

पूर्वबक्सर शर्मालाई आर्थिक सहयोग

  प्रकाशित मिति
३० आश्विन २०७७, शुक्रबार ०७:५६



पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

मरुगणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए ।

२०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन् । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसीपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए । ‘उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौं’, उनले भने, ‘देश तथा विदेशबाट सहयोग संकलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्ने छौं ।’

नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशिल श्रेष्ठले यसअघि पनि आपद विपदमा परेका खेलाडी, प्रशिक्षक लगायतलाई सहयोग गर्दै आएका छन् । उनले केही महिना अघि आफ्नै निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्रीजर्जको कोरोना बीमा गरिदिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका

नेपाली राष्ट्रिय फुटबल टोलीले आज (१३ कात्तिक)देखि प्रशिक्षण शुरु गरेको छ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण