आयुर्वेदविरुद्ध मेडिकल माफिया सक्रिय !

आयुर्वेदविरुद्ध मेडिकल माफिया सक्रिय !


कोरोना सङ्क्रमणको बढ्दो प्रकोपसँगै एलोपेथिक उपचार पद्धतिमाथिको विश्वासमा ह्रास आएपछि मेडिकल माफियाहरू आयुर्वेद र आयुर्वेदिक अस्पतालविरुद्ध जाइलाग्न थालेका छन् । कोरोना भाइरससँग आतङ्कित एलोपेथिक चिकित्साकर्मीहरू बलियो सुरक्षा बन्दोबस्तिका साथ उपचारमा संलग्न रहिरहेका बेला आयुर्वेदिक चिकित्सकहरू मास्कसमेत नलगाइकन बिरामीको उपचारमा सामेल भइरहेका छन् ।

खासगरी पाथिभरा आयुर्वेदिक अस्पताल (सिनामंगल) ले यस अवधिमा कोरोनाका दर्जनौँ बिरामीलाई निको बनाइसकेको छ । पाथिभरामा बिनाअपरेशन पित्तथैलीको स्टोन भएका बिरामीहरूको उपचार हुने गरेको, एलोपेथिक पद्धतिबाट निको हुन नसकेका बिरामी उक्त अस्पतालमा पुगेपछि प्रायः निको हुने गरेको र पछिल्लो समयमा कोरोनाका बिरामीहरूको समेत उपचार गर्न थालिएपछि मास्क, सेनिटाइजर, पिसिआर परीक्षण, अक्सिजन तथा भेन्टिलेटरलगायतका मेडिकल सामग्रीको व्यापारमा संलग्नहरूले उक्त आयुर्वेदिक अस्पताललाई निसाना बनाउँदै आएका छन् ।

यसैबीच औषधी व्यवस्था विभागका माफियाहरू आफैंले उजुरी गरी त्यहाँका केही कर्मचारीलाई पाथिभराविरुद्ध जाइलाग्न खटाएको जानकारी प्राप्त भएको छ । पाथिभराले गरेको उपचार पद्धति र अन्य कुनै कुरामा त्रुटि भेटाउन नसकेपछि औषधि व्यवस्था विभागका कर्मचारीहरू आशा थापा र राजेश श्रेष्ठ उक्त अस्पतालमा छापामार शैलीमा पुगी कारोनासङ्क्रमितलाई फाइदा पुग्ने औषधिको बिक्री–वितरण रोक्न आदेश दिएका छन् । गत साता विभागका महानिर्देशक नारायण ढकालको आदेश तथा विवादास्पद कर्मचारी सन्तोष केसीको विशेष तत्परतामा आशा र राजेश अस्पतालमा छापा मार्न पुगेका थिए । निजहरूको आदेशपश्चात कोरोनासङ्क्रमितहरूलाई लाभ पुग्ने औषधिको बिक्री वितरण रोकिएको छ, जसका कारण बिरामीहरू निकै मर्कामा परेका छन् ।

ज्ञातव्य छ, कारोनाको औषधी तयार गर्न विश्वकै स्वास्थ्य वैज्ञानिकहरू अहिलेसम्म असफल छन् । तथापि विभिन्न जडिबुटी तथा आयुर्वेदिक होमियोप्याथी औषधीको प्रयोगबाट कोरोनासङ्क्रमित बिरामीहरूले सञ्चो महसुस गर्दै आएका छन् । यसरी एलोपेथिक भन्दा आयुर्वेदिक औषधी प्रभावकारी देखिएपछि मेडिकल माफियाहरू तिल्मिलाएर आयुर्वेदविरुद्ध जाइलागेको बुझिन आएको छ ।