१४ कार्तिक २०७७, शुक्रबार

नेपालविरुद्ध अर्को एउटा षडयन्त्र !

  प्रकाशित मिति
२८ आश्विन २०७७, बुधबार ०५:२६


देवप्रकाश त्रिपाठी

संविधानमार्फत नेपाल विखण्डनको जगाधारलाई स्थायित्व दिने सफलता पाएपछि केही समय सुस्ताएका परायाधर्मी, बेधर्मी र एउटा थारो ज्यानका निम्ति देशको चिहान खन्न सङ्कोच नमान्ने द्रोहीहरू नेपालको जनगणना हुने साल (वि.सं. २०७८) को पूर्वसन्ध्यामा पुनः सल्बलाउन थालेका छन् । उनीहरूको एक मात्र उद्देश्य नेपालमा सनातन वैदिक हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या न्यून देखाएर हिन्दूराष्ट्रको माग गर्ने आधार समाप्त गर्नु रहेको छ । त्यसनिम्ति इसाइकरणलाई तीव्रता दिने, विगतमा आफ्नो धर्म हिन्दू लेख्ने समुदायलाई अर्कै धर्म लेख्न प्रेरित गर्ने, इसाइत्व स्विकार नगर्ने कतिपय जातीय समुदायलाई प्राकृत (प्रकृतिपूजक) या त्यस्तै प्रकारको धार्मिक समुदाय भएको भनी प्रशिक्षित गर्ने र, मस्टपूजकहरूलाई हिन्दू नभएको भन्ने भ्रमको खेति गर्दै जनगणनाको फाराममा धर्मको महलमा हिन्दू नलेख्न उत्प्रेरित गर्ने रणनीतिक चालबाजी नेपालका वैरीहरूले शुरु गरिसकेका छन् र, सोही बमोजिम फारामको ‘डिजाइन’ गरिएको छ । पचास प्रतिशतभन्दा तल हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या देखाउन सकियो भने हिन्दूराष्ट्र बनाइनुपर्छ भन्ने राजनीतिक मागको औचित्य नरहने बुझाइ उनीहरूको छ । त्यसपछि हिन्दूराष्ट्रकै जगमा उभिएर खोजी हुन सक्ने एकीकृत सार्वभौमिकता र राजसंस्था पुनस्र्थापना मागको सम्भावना पनि समाप्त हुने विश्वास र विश्लेषण द्रोहीहरूले गरेका छन् ।

नेपालको स्थापना हुनुभन्दा धेरै अघिदेखि यहाँ सनातन वैदिक धर्मावलम्बीहरूको बसोबास रहिआएको पौराणिक कथ्य र धर्मशास्त्रहरूमा वर्णित ब्यहोराले पुष्टि गर्दछ । सिन्धु उपत्यकाको सभ्यता विकाससँगै नेपालमा हिन्दूका रूपमा चिनिने वैदिक सनातन धर्मावलम्बीहरूको बसोबास भएको अनुसन्धानात्मक तथ्यहरूले देखाएको छ । किराँत, बौद्ध, शिख, जैन, बोन र भर्खरै शुरु भएको मैत्रीय धर्मसमेत ओमकार परिवारसम्बद्ध भएकोले उल्लिखित सबैलाई सनातनधर्मी शब्दले बुझ्न सकिन्छ । तर हजारौँ वर्षदेखि हिन्दू नामले सनातनीहरूलाई सम्बोधन गर्ने गरेकोले सोही धर्मनाम स्थापित हुन पुगेको यथार्थलाई बुझ्न सक्नुपर्छ । हिन्दू धर्मावलम्बीहरूभित्र कोही आकार ईश्वरको अस्तित्व स्विकार गर्दछन्, कोही निराकार ईश्वरमा विश्वास गर्छन्, कतिपयले आफूलाई प्रकृतिपूजामा केन्द्रित गराएका छन्, कसैले देवीलाई मात्र पूज्ने गर्दछन्, कोही देवी–देवता र प्रकृति सबैको पूजा गर्ने गर्दछन् । यस्ता तथ्यहरूले हिन्दू एउटा समुदाय भएको पुष्टि गर्दछ । यदि समुदायभित्रको नभएको भए आफन्तहरूबीच भएको महाभारतको युद्धमा किराँत राजा यलम्बरले सायद भाग लिने थिएनन् । यलम्बर, जसलाई किराँतहरूले भगवान मान्ने गर्दछन् ती मङ्गोलियाबाट नेपालमा आएको पुष्टि अहिलेसम्मका अध्ययन अनुसन्धानले गर्दैन, अनि जो मङ्गोलियाबाट आएकै होइनन्, तिनलाई मङ्गोल मान्ने कसरी ? मङ्गोल भन्ने–नभन्ने पक्ष एकातिर छ, कुनै जातीय समुदायलाई मङ्गोलकै रूपमा चिन्नुपर्ने हो भने पनि ती बोन, किराँत या बौद्धमार्गी हुन् ।

तत्कालको निम्ति कम्युनिष्ट र क्रिश्चियनको उच्चतम प्रयोग आगामी वर्ष हुने जनगणनाका क्रममा हुने सम्भावना प्रबल बन्दैछ । नेपाली कम्युनिष्टहरूलाई अघि सारेर नेपालमा हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या न्यून गराउने र त्यसपछि अल्पसङ्ख्यक बनाइएको हिन्दू धर्मावलम्बीहरूलाई उठाएर कम्युनिष्ट सिध्याउने पश्चिमी रणनीतिलाई कम्युनिष्ट नेतृत्वले समयमै बुझ्न सकेन भने नेपालले भोग्ने भनेको ठ्याक्कै अफगानिस्तानको नियति हो ।

वास्तवमा सिन्धु नदीको पूर्वतर्फ रहनेहरू सबैलाई फारसी र त्यस क्षेत्रका अन्य बासिन्दाहरू हिन्दूका रूपमा बुझ्दथे । सिन्धुको पूर्वी भूभागमा बसोबास गर्ने मुसलमानलाई समेत पश्चिमकाहरू हिन्दू सम्बोधन गर्ने गर्दथे । मौलाना रुमले कुनैबेला लेखेका थिए– ‘चार हिन्दू एक मस्जिदमा गए ।’ मौलवी बहरुल्लाहले हिन्दूको मतलब सिन्धुपूर्वको मुसलमान भएको स्पष्ट गरेका छन् । फारसीहरूले सिन्धलाई हिन्द उच्चारण गर्ने गरेको र त्यसैबाट हिन्द (सिन्ध)पूर्वका वासिन्दालाई हिन्दू भन्न थालिएको ऐतिहासिक तथ्यहरूले देखाएको छ । यस अर्थमा हिमालयको दक्षिणतर्फ रहने सिन्धपूर्वका सबैलाई हिन्दूका रूपमा बुझ्न सकिन्छ ।

सामान्यतया हिन्दू तिनलाई भनिन्छ जो हिंसाका विरोधी हुन्छन् र, हिंसा हुन पनि दिँदैनन् । धर्मानासकहरूलाई नास गर्न अग्रसर रहने र दुष्टहरूको नास गर्नेहरूलाई पनि हिन्दू नै भन्ने गरेको पाइन्छ । ‘हिन्दू जाति का उत्थान और पतन’ पुस्तकमा उल्लेख भएअनुसार हिमालयको दक्षिण अर्थात् पूरै भारतवर्षलाई आफ्नो पुख्र्यौली भूमि मान्नेहरू सबै हिन्दू हुन् । उक्त पुस्तकमा भारतवर्षका पूर्वज सबैलाई हिन्दू भनेर बुझ्न सकिने स्पष्ट गरिएको छ । परमात्मासँग साक्षात्कारको अभ्यासमा रमाउने, ईश्वर पूज्ने, देवी–देवता पूज्ने र नपुज्ने तथा वनदेवी, जलदेवी, नागदेव, आकाशदेवी (अन्तरिक्ष) र धर्तीको पूजा गर्ने जस्ता सबै प्रकारको परम्परा हिन्दू समुदायभित्र चलिआएको छ । गौतम बुद्ध, मोहम्मद र जैनका पितापुर्खा समेत हिन्दू थिए भने नेपालका वासिन्दा सबैले आफूलाई हिन्दू मान्दा फरक पर्ने अवस्था होइन । बडामहाराजधिराज पृथ्वीनारायण शाहले ‘म असली हिन्दूस्थाना बनाउँछु’ भन्ने घोषणाका साथ देशको एकीकरण अभियान शुरु गरेको ऐतिहासिक तथ्यलाई समेत स्मरण गर्ने हो भने भारतमा इसाइ (ब्रिटिष) राज विस्तारित हुँदै गएपछि आफ्नो अनादीकालीन सभ्यताको रक्षा गर्ने दृढ मनसायका साथ उक्त घोषणा भएको थियो भन्ने बुझ्नुपर्छ । तर हामी नेपालीमध्ये कतिपयले बौद्ध, किराँत, जैन, शिख र बोन धर्मावलम्बीका रूपमा आफ्नो विशिष्टता स्थापित गर्न चाहेका छौँ भने त्यो पनि स्वभाविक र जायज छ । एउटा सनातनीमा यलम्बर, फाल्गुनन्द तथा सिद्धार्थ गौतम र गुरु नानकमा तात्विक भेदको भावना पैदा हुनै सक्दैन । यिनको गुरुत्व हामी सबैले स्विकार गर्दै आएका पनि छौँ । हामीले अस्विकार नै गरेको र गर्नुपर्नेचाहिँ धर्मान्तरण अर्थात् इसाइकरण मात्र हो । इसाइ एउटा धर्म हो, तर इसाइकरणचाहिँ धर्म नभएर राजनीति भएको तथ्य हामी सबैले बुझ्न सक्नुपर्छ ।

विचारका रूपमा कम्युनिष्ट (साम्यवादी)प्रति असहिष्णु बन्नुपर्ने, युरोप र अमेरिकामा झैँ तिनका प्रति घृणाभाव राख्नुपर्ने छैन । अन्य पक्षप्रतिको अविश्वास र अनास्थाले पनि कैयन मानिसलाई कम्युनिष्ट बन्न बाध्य तुल्याएको छ । कम्युनिष्ट बनेका सबै साधारण मानिस धर्मविरोधी या अन्तर्राष्ट्रियवादी (गैह्रदेशभक्त) हुन्छन् भन्ने पनि होइन । तर राजनीतिमा कम्युनिज्म र धर्ममा क्रिश्चियनचाहिँ हाम्रो माटोको उपज होइन भन्न हिच्किचाउनु पर्दैन र, यिनमा माटोको सुगन्ध पनि भेटिँदैन । भौतिकवादी दर्शनको उत्कर्षमा पुग्न चाहनेहरूका निम्ति हाम्रै भौगोलिक–सामाजिक परिवेशमा उत्पन्न भएको चार्वाक दर्शन छ । त्यसका निम्ति माक्र्स खोज्दै जर्मनी, बेल्जियम र बेलायत पुग्नुपर्ने थिएन । साम्यवादको अवधारणा माक्र्सको मौलिक नभएको, बरु क्रिश्चियन धर्म तथा धर्मावलम्बीहरूको अवधारणालाई माक्र्सले सापटी लिएर दुरुस्त बनाएका मात्र हुन् । जिसस क्राइस्टको सूत्रहरूमा आधारित भएर साम्यवाद स्थापनाको परिकल्पना धेरै पहिले नै गरिएको हो, जसलाई ‘क्रिश्चियन कम्युनिज्म’ भनिन्छ, जुन अवधारणा सम्पत्ति आर्जन र संरक्षणको प्राकृतिक मान्यताविपरीत मानिन्छ । सत्रौं शताब्दीमा प्युरिटन धार्मिक समुदायले निजी सम्पत्ति (खासगरी जमिन) राख्न पाइने परम्पराविरुद्ध आफूहरूलाई क्रियाशील तुल्याएको थियो । पाँचौँ शताब्दीमै युरोपमा चलेको मज्दाक आन्दोलनलाई पनि साम्यवादमुखी मानिएको थियो । सोह्रौँ शताब्दीमा थोमस मोरेले आफ्ना रचनाहरूमा साम्यवादको परिकल्पना र ब्याख्या गरेका थिए ।

हिन्दूराष्ट्रको पहिचान संवैधानिक रूपले मेट्ने, राजतन्त्र विस्थापित गर्ने र जातीय एकता एवम् सामाजिक सद्भाव भङ्ग गर्ने कार्यमा क्रिश्चियन र कम्युनिष्ट नेताकै प्रयोग भएको थियो भन्दा अनजानमा कम्युनिष्ट बनेकाहरूले मन दुःखाउनु पर्ने छैन । अब नेपालमा कहिल्यै राजसंस्था नफर्कने, हिन्दूराष्ट्र नबन्ने र जातीय एकता तथा सामाजिक सद्भाव बहाल हुन नदिने अवस्थाको निश्चितताका निम्ति पश्चिमाहरू कम्युनिष्ट र क्रिश्चयनको प्रयोग गर्न चाहन्छन् । यो प्रयोजनपछि क्रिश्चियानिटी मात्र जीवित राखेर कम्युनिष्ट ‘उन्मूलन’को प्रक्रिया शुरु हुनेमा शङ्कै गर्नु पर्दैन ।

इसाइधर्मी उनको मूख्य जोड सम्पत्तिमा साझा स्वामित्व हुनुपर्छ भन्नेमा रहन्थ्यो । त्यसैले मार्क्सको साम्यवाद पनि इसाइ मान्यताभन्दा भिन्न या मौलिक रहेको ठान्नु गलत हुनेछ । तर रोचक पक्ष के हो भने संसारका सबै शक्तिशाली एवम् समृद्ध इसाइ मुलुकहरू कम्युनिष्ट र कम्युनिज्मप्रति घृणाभाव राख्दछन् । अमेरिका, क्यानडा, अष्ट्रेलियाया, जर्मनी, स्वेडेन, डेनमार्क, ब्रिटेन र नर्वे जस्ता मुलुकहरूमा कम्युनिष्ट तथा कम्युनिज्मप्रति निन्दाभाव राखिन्छ । तर तिनै पश्चिमा मुलुकहरू कम्युनिष्ट र क्रिश्चियनलाई प्रयोग गरी अनेकौँ मुलुकको मौलिक धर्म, संस्कृति, परम्परा, एकता र राष्ट्रिय सद्भाव नास गर्न उद्दत रहने गर्दछन् । नेपालमा पनि कम्युनिष्ट नेता र क्रिश्चियनको प्रयोग यहाँको धर्म संस्कृति तथा राष्ट्रिय एकता र सद्भाव बिथोल्नका निम्ति हुँदै आएको छ । एउटा क्रिश्चियन यहाँ सजिलै कम्युनिष्ट बन्दछन् र चुनावमा भोट माग्छन् भने एउटा कम्युनिष्ट क्रिश्चियानिटीलाई प्रोत्साहन गर्न धक मान्दैनन् ।

नेपालको राजनीतिक परिवर्तनमा पश्चिमाहरूले कम्युनिष्ट र क्रिश्चियनबीच पैदा गराएको गठबन्धनले एकीकृत सार्वभौमिकताको अन्त्य गराइ मुलुकलाई खण्डित गर्ने सफलता पाएको छ । हिन्दूराष्ट्रको पहिचान संवैधानिक रूपले मेट्ने, राजतन्त्र विस्थापित गर्ने र जातीय एकता एवम् सामाजिक सद्भाव भङ्ग गर्ने कार्यमा क्रिश्चियन र कम्युनिष्ट नेताकै प्रयोग भएको थियो भन्दा अनजानमा कम्युनिष्ट बनेकाहरूले मन दुःखाउनु पर्ने छैन । अब नेपालमा कहिल्यै राजसंस्था नफर्कने, हिन्दूराष्ट्र नबन्ने र जातीय एकता तथा सामाजिक सद्भाव बहाल हुन नदिने अवस्थाको निश्चितताका निम्ति पश्चिमाहरू कम्युनिष्ट र क्रिश्चयनको प्रयोग गर्न चाहन्छन् । यो प्रयोजनपछि क्रिश्चियानिटी मात्र जीवित राखेर कम्युनिष्ट ‘उन्मूलन’को प्रक्रिया शुरु हुनेमा शङ्कै गर्नु पर्दैन ।

नेपालको राष्ट्रियता र राज्य दुर्बल तुल्याउने हदसम्म मात्र पश्चिमाहरूको दृष्टिमा यहाँ कम्युनिष्टहरूको उपादेयता रहने हो, त्यसपछि इण्डोनेसियाको नियति भोग्नु परेनछ भने पनि पूर्वी युरोपको नियति भोग्नुबाट सायद कम्युनिष्टलाई बचाउन सकिने छैन । तत्कालको निम्ति कम्युनिष्ट र क्रिश्चियनको उच्चतम प्रयोग आगामी वर्ष हुने जनगणनाका क्रममा हुने सम्भावना प्रबल बन्दैछ । नेपाली कम्युनिष्टहरूलाई अघि सारेर नेपालमा हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या न्यून गराउने र त्यसपछि अल्पसङ्ख्यक बनाइएको हिन्दू धर्मावलम्बीहरूलाई उठाएर कम्युनिष्ट सिध्याउने पश्चिमी रणनीतिलाई कम्युनिष्ट नेतृत्वले समयमै बुझ्न सकेन भने नेपालले भोग्ने भनेको ठ्याक्कै अफगानिस्तानको नियति हो । अफगानिस्तानमा बहुसङ्ख्यक पस्तुनहरूका विरुद्ध अल्पसङ्ख्यक समुदायलाई मोर्चावद्ध गरी प्रयोग गर्नुअघि हाल तालिवानीका रूपमा चिनिएको राष्ट्रवादी तथा धार्मिक समुदायलाई तत्कालिक सोभियत सङ्घसमर्थित कम्युनिष्ट सरकारविरुद्ध राम्रैसँग उपयोग गरिएको घटनाबाट नेपाली कम्युनिष्टहरूले पाठ सिक्न सकेनन् भने त्यसले नेपाल र नेपालका कम्युनिष्टको सत्यानास गराउने सङ्केतहरू देखिँदै छ ।

हामी नेपालीमध्ये कतिपयले बौद्ध, किराँत, जैन, शिख र बोन धर्मावलम्बीका रूपमा आफ्नो विशिष्टता स्थापित गर्न चाहेका छौँ भने त्यो पनि स्वभाविक र जायज छ । एउटा सनातनीमा यलम्बर, फाल्गुनन्द तथा सिद्धार्थ गौतम र गुरु नानकमा तात्विक भेदको भावना पैदा हुनै सक्दैन । यिनको गुरुत्व हामी सबैले स्विकार गर्दै आएका पनि छौँ । हामीले अस्विकार नै गरेको र गर्नुपर्नेचाहिँ धर्मान्तरण अर्थात् इसाइकरण मात्र हो । इसाइ एउटा धर्म हो, तर इसाइकरणचाहिँ धर्म नभएर राजनीति भएको तथ्य हामी सबैले बुझ्न सक्नुपर्छ ।

हुन त राजनीतिकर्मीहरू आउँदो निर्वाचनभन्दा टाढा देख्न सक्दैनन् र, चुनावकेन्द्रित भएर आफ्नो सोच–व्यवहार तय गर्नेहरू भोटका निम्ति हिन्दू, बौद्ध, किराँत र इसाइ मात्र होइन आवश्यक पर्दा सुँगुरकै रूप धारण गर्न पनि तत्पर रहन्छन् । धर्मनिरपेक्ष संविधान बनाउने उद्देश्यका निम्ति सर्वाधिक समर्पित र सक्रिय रहेका कथित नेताहरू पितबस्त्र धारण गरी विभिन्न मन्दिर तथा तीर्थस्थलहरूमा पर्यटन गरेको तस्बिर सार्वजनिक गर्दै आफू कट्टर हिन्दू धर्मावलम्बी भएको देखाएर आममानिसलाई भुलभुलैयामा राख्ने प्रयास गर्दैछन् । खासगरी काङ्ग्रेस महाधिवेशनको निकटतासँगै काङ्ग्रेसका नेताहरू यस किसिमको नौटङ्की देखाउन अग्रसर हुँदैछन् । वास्तवमा कोही हिन्दू हुनु र मुलुकलाई हिन्दूराष्ट्र बनाउने कुरा गर्नु नितान्त भिन्न विषय सन्दर्भ हुन् । हिन्दू धर्मावलम्बी बन्ने–नबन्ने कुरा व्यक्तिको आत्मअधिकारभित्र पर्दछ, तर हिन्दूराष्ट्रको विषय राष्ट्रियता र राजनीतिसम्वद्ध छ । त्यसैले कुनै पनि धर्म नमान्ने नास्तिक पनि यदि राष्ट्रवादी भावको छ भने उसले हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याउन सक्छ ।

कोही इस्लामधर्मी या इसाइधर्मी नै छन् भने पनि त्यस्ता व्यक्ति पितबस्त्र धारण गरेर मन्दिर चाहार्न सक्दैनन्, तर ती राष्ट्रवादी–देशभक्त छन् भने गौरवका साथ अफूलाई हिन्दूराष्ट्रको पक्षमा उभ्याउन सक्छन् । २०७८ को जनगणनालाई हिन्दूत्वविरुद्ध नभइ नेपाली राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव रुग्ण बनाउने उद्देश्यका प्रति लक्षित छ । एकतावद्ध भएर जनगणनालाई नेपाली राष्ट्रियताको पक्षमा उपयोग गर्न सकेनौँ भने अफगानिस्तानले झैँ हामीले पनि दशकौँसम्म रोइरहनुपर्ने छ । देश बाँचे मात्र आफ्नो पहिचान जोगिने हो, देश नै नजोगिए त्यसपछि पहिचान खोज्न कहाँ जाने हो ? त्यसैले सबैभन्दा पहिले राष्ट्रको पहिचान रक्षाका निम्ति सम्वेदनशील घडी आइपुगेको यथार्थलाई आत्मसात गरौँ र, जनगणनाका क्रममा हुँदै गरेको पराया षडयन्त्रलाई परास्त गरौँ, जय मातृभूमि !

यो पनि हेर्नुहोस्
‘पाँच खर्ब’को संविधानका पचास पीडा !
नेपालीले मात्र बुझ्नुपर्ने केही तथ्यहरू



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बडादशैँ समापन आज धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आज (१४ कात्तिक)देखि बडादशैँ समापन हुँदैछ । आश्विन

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४० प्रमादी नामक सम्वत्सर शरद ऋतु वि.सं.२०७७

सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना सनत आचार्य, बेल्जियम पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले