कोभिडविरुद्धको खोप सुरक्षित गर्न विकासशील देशलाई जापानले १३ करोड डलर प्रदान गर्ने

कोभिडविरुद्धको खोप सुरक्षित गर्न विकासशील देशलाई जापानले १३ करोड डलर प्रदान गर्ने


टोकियो । जापानले कोभिड–१९ विरोधी खोप सुरक्षित गर्न विकासशील देशहरुलाई मद्दत गर्न १३ करोड डलर उपलब्ध गराउने भएको छ । बिहीबार जापानका विदेशमन्त्री तोशिमिचु मोतेगीले यस्तो बताएका हुन् ।

सर्वव्यापी स्वास्थ्य सेवाको विषयमा मन्त्रीस्तरीय टेलिकन्फ्रेन्समा मोतेगीले सो घोषणा गरेका हुन् । सो कन्फ्रेन्समा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महा–निर्देशक टेड्रोस एडहानोम गेब्रेयेसस पनि सहभागी थिए ।

१३ करोड डलर गाभी इन्टरनेशनल भ्याक्सिन अलायन्सलाई ३० करोड डलर सहयोग गर्ने जापानी प्रतिबद्धताको हिस्सा हो ।

गत महिना संयुक्त राष्ट्र संघको महासभामा बोल्ने क्रममा जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ विरोधी खोप र यसबाट संक्रमित बिरामीको उपचारमा प्रयोग हुने खोप विकासशील देशहरु समेत सबैलाई निष्पक्ष रुपमा वितरण गर्नेतर्फ काम गर्ने प्रतिबद्धता गरेका थिए ।