प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० आयोजना गरिने

प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० आयोजना गरिने


विशेष प्रतिनिधि, जापान

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० पुनः आयोजना गर्ने भएको छ । आउँदो नोभेम्बर २९ तारिख आइतबार जापानभरिका खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो ।

यसअघि मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको थियो ।

प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप, रनिङ कपको साथै नगद ५ लाख येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, दोस्रो हुनेलाई २ लाख र कप, सेमिफाइनालिस्टलाई कप, फेयर प्ले टिम कप, वेस्ट प्लेअर कप, हाई स्कोर कप, वेस्ट स्टिकिअर कप, प्ले अफ द लिगललाई पनि कप दिने जनाइएको छ ।

जापानको टोकियोनजिकको शहर साइतामामा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातु सन्देश डट कटले मिडिया सपोर्ट गरेको छ ।

उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । साथै टिम दर्ताको अन्तिम मिति २०२०/११/१५ तारीख रहेको जानकारी दिँदै सम्पूर्ण सहभागी टिमलाई समयमै टिम दर्ता गरी आफ्नो ठाउँ सुरक्षित गर्नको लागि एनआरएनए कान्तोका अध्यक्ष राकेश रुम्बाले अपिल गर्नुभएको छ ।

टिम दर्ताको रकम फुरिगोमी गरिसकेपछि एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीलाई सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरिएको छ ।