बागलुङ समाज जापानको तेश्रो अधिवेशन सम्पन्न

बागलुङ समाज जापानको तेश्रो अधिवेशन सम्पन्न


विशेष प्रतिनिधि, टोकियो (जापान)

बागलुङ समाज जापानको तेश्रो अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले प्रेमप्रसाद कँडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

अधिवेशनबाट प्रेम आचार्य, कृष्ण सुवेदी (गंगा), यमकान्त कडेल, विरोध चालिसे र गुरप्रसाद सापकोटा उपाध्यक्ष चयन भएका छन् । त्यस्तै राजु केसी महासचिव तथा सुनिता श्रीस मगर र शोभा केसी (गिता) सचिव भएका छन् । अधिवेशबाट विष्णु सापकोटा कोषाध्यक्ष ,भूपेन्द्र सापकोटा सहकोषाध्यक्ष, चेतन पौडेल प्रवक्ता, बिना खड्का महिला संयोजक र वसन्त आचार्य युवा संयोजकमा निर्विरोध चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सुजन शर्मा, टिएन घिमिरे, प्रवेश खत्री, मनिा पुन, सुजाता कार्की (राधिका), कृष्णप्रसाद कँडेल, अर्जुन सुवेदी, अनिलकुमार निर्देश, टेकबहादुर केसी, प्रकाश कँडेल, दीपक कँडेल (सफल), वसन्त थापा, लक्ष्मी केसी, गंगा कँडेल, सन्जय छन्त्याल, गोविन्द पौडेल, केशव सुवेदी निर्वाचित भएका छन् ।

अधिवेशनले महासचिव कृष्ण सुवेदी (गंगा)द्वारा तयार गरिएको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष यमकान्त कँडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य इन्दिरा सुजुकी, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, एनआरएनए जापानका महिला संयोजक संगीता अधिकारी, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, बागलुङ समाजका संस्थापक अध्यक्ष राजविन थापा, संरक्षक बेलुकाजी थापा, दीपक सुवेदी, डिपी कँडेल, दिलु खत्री, नरबहादुर थापा, रामकृष्ण बम मल्ल, अनेसास केन्द्रिय सदस्य दीप पाठक, खानागावा कम्युनिटीका अध्यक्ष हरि सापकोटा, प्रवासी नेपाली एकता मञ्चका बाबुराम भन्डारी, जनसम्पर्क समितिका पिताम्बर चापागाइँ, बिहुकोट समाजका पूर्वअध्यक्ष देवीलाल सुवेदी, नवलपुर समाजका अध्यक्ष सागर कँडेल, सुदूरपश्चिमेली समाजका पदम ठगुन्नालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमक अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षता, सहकोषाध्यक्ष शोभा केसीको स्वागत, उपाध्यक्ष महेन्द्र पिसीको धन्यवाद मन्तव्य तथा सचिव राजु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।