‘नेपालमा संघ र प्रदेश किन बनाउनुपरेको ?’ : गोकुल बास्कोटा

‘नेपालमा संघ र प्रदेश किन बनाउनुपरेको ?’ : गोकुल बास्कोटा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा संघ र प्रदेश किन बनाउनुपरेको भनी सवाल उठाएका छन् ।

ट्वीट गर्दै युवा नेता बास्कोटाले कुनै बेला आफूले नेपाललाई संघीयतामा लैजानु आवश्यक नभएको तर्क गर्दा आफूलाई चित्रबहादुर लाइनमा किन लागेको भनी प्रश्न गरेको खुलासा गर्दै हाल प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान भएको बताएका छन् ।

बास्कोटाले ट्वीट गर्दै भनेका छन्- ‘म त हाम्रो देशमा संघ र प्रदेश किन र कसरी बनाउनु परेको थियो रु भनेर कस्लाई सोध्ने भन्ने सोच्दै छु । उ बेला नेपालमा संघ किन भन्दा चित्रबहादुर लाइन भने, अहिले प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान ! बनाउदा पनि सातका ठाउँमा चार हुनु पर्ने हो । आफू त गोरुसिङगे ‘ग’ वाला ।’