सिरियाविरुद्ध अमेरिकी थप प्रतिबन्धहरु घोषणा

सिरियाविरुद्ध अमेरिकी थप प्रतिबन्धहरु घोषणा


संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ । सिरिया सरकारविरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिबन्ध घोषणा गरिएकाहरुमा सिरियाली गुप्तचर निकायका प्रमुख, सिरियाली केन्द्रीय बैंकका गभर्नर र एउटा व्यावसायिक संजाल रहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली द्वन्द्वमा भूमिका रहेको भन्दै अरु तीन सिरियाली नागरिकलाई कालोसूचीमा राखेको छ ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार कालोसूचीमा राखिएका व्यक्तिको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको र ती व्यक्तिसँग कुनै पनि प्रकारको कारोबार नगर्न अमेरिकी नागरिकलाई पनि निषेध गरिएको छ ।