बैंकठगी मुद्दामा फरार रहेका डंगोल पक्राउ

बैंकठगी मुद्दामा फरार रहेका डंगोल पक्राउ


बैंकिङ कसुर मुद्दा लागेर फरार रहँदै आएका हेमकाजी महर्जन डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर गोदावरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने वर्ष ६० का हेमकाजीलाई महानगरीय प्रहरी परीसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ठेचोबाट प्रक्राउ गरेको हो । अदालतले जरिवाना ठहर गरेपछि हेमकाजी फरार भएका थिए ।

उच्च अदालत पाटनको गत २०७१ साल मंसिर २१ गतेको फैसलाले ३ महिला कैद र १ करोड ६५ लाख जरिवाना ठहर गरेको थियो ।

ठेचोबाट प्रकाउ परेका महर्जनलाई कैद तथा जरिवाना असुलीतर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनएको छ ।