जनसम्पर्क समिति अस्ट्रेलियाले गऱ्यो सिंहलाई सम्मान

जनसम्पर्क समिति अस्ट्रेलियाले गऱ्यो सिंहलाई सम्मान


राजन घिमिरे

नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया (एनपीसीसीए) को एक भेलाले जनसम्पर्क समिति विभागका सदस्य सुजित कुमार सिंहलाई सम्मान गरेको छ । सम्मानित कार्यक्रमको भेलाले नयाँ कार्यसमिति पनि गठन गरेको छ ।

यसअघि उपसभापति रहेका मधुकर गुरुङको सभापतित्वमा नयाँ तदर्थ समिति गठन गरिएको जानकारी भेलाले गराएको थियो ।

एनआरएन आइसीसीका केन्द्रिय उपाध्यक्ष मन केसी, एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मी, अस्ट्रेलियन डेमोक्रयाटिक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा, एनआरएन अस्ट्रेलियाका पुर्वअध्यक्ष सुरेन्द्र सिग्देल, एनएडीएफका पूर्वअध्यक्ष विवेक थापा, नेपाली कांग्रेस जनसम्पर्क समिति विभागका सदस्य सुजित कुमार सिंह, एनआरएनका प्रवक्ता नन्द गुरुङलगायतले भेलाम आ-आफ्ना धारणा राखेका थिए ।

उनीहरुले जनसम्पर्क समितिलाई एकताको शुत्रमा बाँध्न आवश्यक रहेको बताउँदै पार्टीको हस्तक्षेप हुन नहुनेमा जोड दिए । भेलाद्धारा गठित तदर्थ समितिका संयोजक मधुकर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क विभागका सदस्य सुजित कुमार सिंह, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति एनएसडब्लुका अध्यक्ष थानु शाक्य, उपाध्यक्ष प्रदिप पाठक, ग्रानभिल समाजका उपाध्यक्ष भीम बस्नेत, सुदुरपश्चिम समाजका संस्थापक सदस्यहरू सुनिल बिष्ट, उद्धव बिष्ट, पुस्कर भट्ट, अर्वन समाजका उपाध्यक्ष राजु गिरी, नेवि संघका केन्द्रिय सदस्य डा. रितेस चिमोरियालगायतको भेलामा उपस्थिति रहेको थियो ।

सभापति गुरुङले कांग्रेसको यो विवाद अन्त्य हुनुपर्नेमा जोड दिँदै अगाडि भने- ‘यस तदर्थ समितिले नया नेतृत्व चयन गर्नको निम्ति निर्वाचन सम्पन्न गरी समिति सबैको साथ र सरसल्लाहबाट अगाडि बढ्ने छ ।’