कसको चल्दा को मन्त्री बन्ने ?

कसको चल्दा को मन्त्री बन्ने ?


प्रचण्डको चल्यो भने एक प्रकारको मन्त्रिमण्डल बन्ने र नचल्दा अर्कै प्रकारको मन्त्रिमण्डल बन्न सक्ने स्थिति पैदा भएको छ ।

प्रचण्डले भनेअनुसार गर्दा मन्त्रिमण्डलमा बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, मातृका यादव, रामेश्वर राय यादव, विना मगर, वर्षमान पुन र जनार्दन शर्मासम्म समेटिने सम्भावना देखिएको छ भने केपीले आफ्नो इच्छाअनुसार मन्त्रीमण्डल पुनर्गठन गरेमा रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, जनार्दन शर्मा, प्रेम आले, गणेश ठगुन्ना, विष्णु पौडेल, विमला राई र देवेन्द्र पौडेलले मौका पाउने निश्चित मानिन्छ ।

प्रधानमन्त्री ओली मन्त्रीमण्डलबाट वर्षमान पुन, विना मगर, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, घनश्याम भुसाल, रामेश्वर राय यादव, भानुभक्त ढकाल, पद्मा अर्याललगायतलाई हटाउने सोचमा रहनुभएको बुझिन्छ ।

उहाँ ईश्वर पोखरेल र प्रदीप ज्ञवालीबाट पनि सन्तुष्ट नरहनुभएको, तर उहाँहरूलाई चाहेर पनि हटाउन नसक्ने अवस्थामा ओली रहनुभएकोले ज्ञवाली र पोखरेलको निरन्तरता हुन सक्ने सम्भावना छ ।