जीवनरक्षाको माग गर्दै प्रदर्शन

जीवनरक्षाको माग गर्दै प्रदर्शन


विशेष प्रतिनिधि, कपिलवस्तु

चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै युवाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।

केसी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा बिहान ८ बजेदेखि युवाहरुले शान्तिपूर्वक धर्ना तथा प्रदर्शन शुरु गरेका हुन् ।

अनशनरत डा. केसीको अवस्था दिन-प्रतिदिन बिग्रँदै गएको प्रति युवा विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छन् । धर्ना कार्यक्रमको करिव २० जना युवाहरुले सामुहिक नेतृत्व गरेका छन् ।

डा. केसीको जीवनरक्षाको ग्यारेन्टी सरकारले नगर्दासम्मका लागि धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा सञ्चालन गरिने आन्दोलनरत अगुवा युवा चन्द्रकान्त पोख्रेलले बताए ।

युवाहरुको धर्ना तथा प्रदर्शनप्रति स्थानीय विभिन्न संघ-संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।