८ कार्तिक २०७७, शनिबार

नेप्सेमा झिनो गिरावट

  प्रकाशित मिति
१२ आश्विन २०७७, सोमबार १३:००


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार (१२ असोज) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो । यस्तै, नेपाल पुनर्बीमा कम्पनी रु छ करोड ४० लाख ३३ हजार ४४५, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु पाँच करोड ९५ लाख ६३ हजार ८०५, प्रभु बैंक रु पाँच करोड २७ लाख आठ हजार ५२६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ९९ लाख चार हजार ४५९ र कुमारी बैंक रु चार करोड ८३ लाख २० हजार ३४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.६३, सेन्ट्रल फाइनान्स कम्पनी ८.११, रिलायन्स फाइनान्स लिमिटेड ७.६४, सपोर्ट लघुवित्त ५.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ४।३१ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी ५.१७, गुर्खाज फाइनान्स ४.८३, दिव्यश्वरी हाइड्रो पावर ४.३५, आँखु खोला जलविद्युत् कम्पनी ३.८१ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार (६ कात्तिक) पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक

सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण

नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा