९ कार्तिक २०७७, आईतवार

सृजनशील बाल सेवा परिवारलाई जुडो म्याट सहयोग

  प्रकाशित मिति
११ आश्विन २०७७, आईतवार ०५:४९


अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशील बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट सहयोग स्वरुप प्रदान गरिएको छ ।

फ्रान्सका जुडोप्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गरेका थिए । गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशील हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिएका थिए ।

सोही अवसरमा म्याट खरिदबाट बचेको रकमबाट सृजनशिलमा आश्रितका लागि खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो । करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराइएको किवानिस क्लब अफ एभरेष्टका संस्थापक अध्यक्ष दामोदर ढकालले जनाएका छन् । ढकालको पहलमा विगत ३ वर्षदेखि सृजनशिललाई वार्षिक ५ लाख रुपैयाँ पनि सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

किवानिस नेपाल डिस्ट्रिक्टका लागि सन् २०२०–२१ का गभर्नर इलेक्ट एकराज पन्त, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले सृजनशिलकी सञ्चालिका उमादेवी बस्नेतलाई म्याट र खाद्यान्न एक कार्यक्रमबीच हस्तान्तरण गरे । काँडाघारीस्थित सृजनशिल हातामा जुडो हल पनि निर्माण गरिएको छ । हाल त्यहाँ १० जना खेलाडीलाई जुडो प्रशिक्षक उत्तमप्रताप राणाले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा पन्तले विभिन्न जिल्लामा रहेको अनाथलयका जुडो खेलाडीका लागि किवानिसले सक्दो सहयोग गर्दै आइरहेको र भावी दिन पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

जुडो संघका अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलयमा रहेका जुडो खेलाडीले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताए । अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलय सञ्चालन गरिरहेका संघ संस्थाले जुडो खेलप्रति देखाएको लगावको प्रशंसा गर्दै जुडो खेलको विकासमा गरेको योगदानका लागि धन्यवाद दिए ।

सञ्चालिका बस्नेतले सहयोगका लागि सम्पूर्ण टोलीलाई धन्यवाद दिदै यस्ता सहयोगले खेलाडीका साथै सञ्चालकको मनोबल उच्च पार्न सहयोग पुऱ्याएको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेताद्वय पुनम श्रेष्ठ र देविका खड्कालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका दौरान सृजनशीलका जुडो खेलाडीले प्रदर्शनी खेल समेत प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि

डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले

यस वर्ष सञ्चालित ‘ग्लोबल इ-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि