युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु


युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।

युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो । सो विमान शुक्रबार दुर्घटनमा परेको थियो ।

युक्रेनको किभ क्षेत्रमा विमान दुर्घटनामा परेको र त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । त्यहाँको रक्षा मन्त्रालयले विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट मात्र हो भनेको छ । सो विमान दुर्घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।