कोरोना र आयुर्वेद

कोरोना र आयुर्वेद


■ शेखर ढुंगेल

विश्वव्यापी रूपमा संक्रमित भएको कोभिड–१९ नाम दिइएको यो किटाणुको खोप निर्माण भए पनि नभए पनि मानव शरीर स्वस्थ राख्न र बाहिरी किटाणुको आक्रमणबाट बच्न वा रोग प्रतिरोधात्मक शक्ति निर्माण वा कायम राख्न आयुर्बेद (जडिबुटी) वा प्राकृतिक चिकित्सा विज्ञानको ठूलो योगदान सधैं रहने छ ।

आधुनिक एलोपेथिक विज्ञान र विज्ञहरू आयुर्वेद वा प्राकृतिक चिकित्साका साधन जडिबुटीलार्ई अप्रमाणित भनेर पन्छाउने वा अविश्वसनीय भन्न पनि हिच्किचाएका छैनन्, तर प्राकृतिक चिकित्सा विज्ञान भने खास अवस्थाको शल्यक्रियाबाहेक सबै रोगको उपचार प्राकृतिक चिकित्सा विज्ञानमा रहेको विश्वास एवम् उदाहरणसमेत दिने गर्छन् । आधुनिक एलोपेथिक चिकित्सा विज्ञान पनि वेद र आयुर्वेदको नीति र स्रोतभन्दा टाढा भने पुग्न सकेको छैन र पछिल्लोपटकको यो कोभिड–१९ ले त विश्वलार्ई झनै पूर्वीय चिकित्सा विज्ञान अर्थात् प्राकृतिक चिकित्सा विज्ञान परम्परा खानपिन र उपचार पद्धतितर्फ फर्कन बाध्य बनाइदिएको छ ।

आज विश्वभरिका अनलाइन युटुबहरूको यात्रा गर्ने हो भने योग, अध्यात्म र आयुर्वेदिक पद्धतितर्फ नै लागिपरेका देखिन्छन् । रोग प्रतिरोधात्मक शक्ति आयुर्वेदिक (जडिबुटी) र प्राकृतिक स्रोतमा मात्र रहेको आज स्वीकार गरिएको छ । अमेरिकालगायतका देशहरूले आज एलोपेथिक उपचारमा समेत जडिबुटीबाट चक्कीहरू निर्माण सुरु गरिसकेका छन् (उदाहरणको लागि लेगमेंट उपचार ट्याबलेट) ।

अमेरिकालगायत यूरोपका औषधि पसलहरूमा लसुन, अदुवा, बेसार, अश्वगन्धा, रातो सलगमलगायत मिस्रित औषधिहरूले प्राथमिकता पाइसकेको देखिन्छ ।

विश्व आज एउटा कुरोमा विश्वस्त भएको छ कि एलोपेथिक औषधिले कहिले पनि रोग निर्मुल गर्दैन मात्र बढ्न दिँदैन वा नियन्त्रणमा मात्र राख्छ । अर्थात्, अर्को शब्दमा भन्नपर्दा त्यसले दास बनाएर राख्छ, लत बसाइदिन्छ तर निको (निर्मुल) गर्दैन । ठिक विपरीत आयुर्वेदिक चिकित्साले भने जरोदेखि निर्मुल पारेर फ्याँकीदिन्छ, र फेरि बल्झनसमेत दिँदैन । एलोपेथिक औषधि भनेको एउटा खाडलमा रहेको फोहोरलार्ई माथि माटो–झारपातले पुरेर गन्धरहित बनाएजस्तो मात्र हो, भित्रभित्रैचाहिँ गुम्सिएर झनै खराब बनिरहेको हुन्छ । तर, आयुर्वेदिक वा प्राकृतिक चिकित्सा त्यस्तो उपचार हो जसले त्यो खाडलको फोहोरलार्ई सदाको लागि सफा गरेर फ्याँयाकिदिन्छ र त्यहाँ कहिल्यै पनि फोहोर जम्मा हुन दिँदैन । शरीरको विषाक्त पदार्थलार्ई बाहिर निकाली सम्पूर्ण शरीर स्वस्थ्य राख्नु र मानसिक तनावमुक्त दैनिकी आयुर्वेदले मात्र गर्छ, यही नै रोग प्रतिरोधात्मक शक्ति निर्माणको बाटो पनि हो । र, कोभिड–१९ लार्ई जित्नेमा त्यही समुह परेको प्रमाणित भएको छ । दीर्घायुको लागि प्राकृतिक खाना प्राकृतिक (आयुर्वेदिक) उपचार विधि नै अमूल्य मानिएको छ ।

यो लेख लेख्न मलार्ई किन प्रेरित गऱ्यो भने केही दिनअघि नेपालका चर्चित वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाज्युले जडिबुटीको प्रसङ्गलाई लिएर यो अप्रमाणित र अविश्वसनीय रहेको आशयको कुरो गर्नुभएको समाचार आयो । तर यो कुरो सरासर गलत र भ्रमपूर्ण भन्न हिच्किचाउनु पर्दैन । कारण, प्राकृतिक चिकित्सा अर्थात् आयुर्वेदिक उपचार पद्धति पौराणिक कालदेखि आजसम्म निरन्तरित नै छ, हात–खुट्टा भाँच्चिएकोदेखि शरीरको भित्री भागमा पुगेको चोट होस् वा विविध मौसमी सङ्क्रमणबाट बच्न आज पनि हामी घरेलु उपचारलाई विश्वास राख्दै उपचार गर्दै आएका छौँ ।

रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिने उपाय अपनाउनु सबैभन्दा ठूलो कुरो हो । त्यो भनेको प्राकृतिक चिकित्सा विज्ञान वा आयुर्वेदिक उपचार वा आयुर्वेदिक विधि अवलम्बन नै हो । कोरोनाको सबैभन्दा ठुलो उपचार भनेको रोगप्रतिरोधक शक्ति हुनु नै हो । रोगप्रतिरोधक शक्ति प्राकृतिक स्रोत र नियमभन्दा बाहिर कहाँ त फेरि ? प्राकृतिक चिकित्सा वा आयुर्वेदिक उपचारलाई अप्रमाणित भनेर पन्छाउन खोज्ने वा विश्वास नगर्नेहरूप्रति यो भुक्तभोगी लेखक केही उदाहरण प्रस्तुत गर्न चाहन्छ ।

उदाहरण १, जन्डिस :

म १६–१७ को थिएँ, मेरो टोलैका अति मिल्ने साथी सुवासचन्द्र ढुंगेल जो अहिले चर्चित गीतकार हुन्, उनी जन्डिस भएर टेकु अस्पताल भर्ना भएका थिए । म दैनिकजस्तो अस्पताल जान्थेँ । त्यस्तैमा मलार्ई पनि जन्डिस भयो (सऱ्यो) । मैले त्यसैबेला प्राकृतिक चिकित्सा र बैद्य औषधिको (आयुर्वेदिक) बारेमा पढिसकेको थिएँ । म मुला र उखुको भारी बोकेर त्यहीँ भर्ना भएको भए पनि हुन्थ्यो तर त्यहाँ भर्ना नभएर महाबौद्धपछाडि एक जोशी थरका व्यक्ति (तत्कालीन अवस्थामा स्वास्थ्य उपसचिवबाट अवकास प्राप्त)को घरमा गएँ । उनी घरमै जन्डिसलगायत विविध रोगको उपचार गर्छन् भन्ने कुरो मलार्ई थाहा थियो, त्यहाँ गए । उनले नाडी छामेर आँखा हेरे, जिब्रो हेरे अनि दहीमा मिसाएको के हो अति नमिठो औषधि दुइ चम्चा पिलाईदिए र भने– भुटेको डढेको चिजबाहेक शुद्ध तोरीको तेल र घिउ खाँदा हुन्छ । मैले औषधिको कति पैसा पऱ्यो भनेर सोधेको के थिएँ उनले हप्काएर भने– पैसा खर्च गर्न त तिम्रो राजाले बनाइदिएको अस्पतालमा जाउ न, किन यहाँ आएको ? उनले एक पैसा पनि लिएनन् । उनको औषधि सेवन गरेपछि मैले एकदिन पनि आराम गर्नु परेन, नियमित कलेज र काममा गएँ । तेस्रो दिनको रात सपनामा कुनै एउटा आकृति आएर मेरो छातीभित्रको मासुको टुक्रा चुँडेर लगेजस्तो भान भएको थियो, त्यसपछि शरीर धेरै हलुका मात्र भएन तौल पनि बढ्यो । म सुकुटे थिएँ, छालामा निखार आयो, चम्किलो भयो, जन्डिसको एलोपेथिक उपचारमा खर्च र कति आराम अनि जीवनभर के–के खान निषेधित हुन्छ भन्ने त मैले लेखिराख्नु पर्दैन ।

उदाहरण २, घुँडाको लेगामेंट च्यातिँदा आयुर्वेदिक उपचार :

व्यवसायिक कामको क्रममा म करिव पाँच फिटको उचाइबाट लड्न पुगेँ । घुँडा पछिल्तिर फर्कियो । साथीले बडो जोडले सिधा त बनाइदियो तर खुट्टाको घुँडाले काम गर्न छोड्यो, टेक्न मिल्ने भएन । अस्पताल गएँ, दुख्न कम हुने आपतकालीन औषधि खाएर एमआरआई गर्नुपर्ने भयो र तदनुसार घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भयो । मैले यसैबीच लेगमेन्टको लागि खाने एलोपेथिक औषधिहरू अनलाइनमा खोजेँ र भेटेँ कि सबै जडिबुटीबाट बनेको रहेछ । बैद्यलाई एमआरआईको रिपोर्ट देखाएँ, उनले मलार्ई दुई महिना सिलाजित खाने सल्लाह दिँदै ठिक हुने विश्वास दिलाए । यता मैले जुन क्याप्सुल देखेँ त्यो त अदुवा, पहेँलो भेँडेखुर्सानी, अनार, बेसार र घडीफूल अर्थात् लहरेआँपबाट बनेको रहेछ । मैले ताजा अदुवा बेसार अनार पहेँलो भेँडेखुर्सानी खान थालेँ दिनको दुई पटक र साथमा सिलाजित पनि । शल्यक्रियाको लागि करिव २ महिनापछिको समय मिल्यो । म बैशाखीको सहायतामा चलायमान भइ नै रहेको थिएँ ।

माथि उल्लेख गरिएको ताजा प्राकृतिक उत्पादन मैले नियमित खाइरहेको थिएँ । शल्यक्रिया गर्नुभन्दा एक हप्ताअगाडि चिकित्सकले भने कि एकपटक पुनः एमआरआई गरेर लेगामेंट को स्थिति हेर्नुपर्छ । दोस्रो पटक एमआरआईको प्रतिवेदन हेरेर चिकित्सकले भने– ओह गड इट्स सरप्राइज हाउ कम ?? अर्थात् मेरो च्यातिएको लेगामेंट आफ्नै ठाउँमा प्राकृतिक रूपमै आएर बसेको रहेछ । चिकित्सकले अब एक महिनाजति फिजियोथेरापीमा जानुपर्छ भन्दै सिफारिस लेखिदिए ।

थेरापी क्लिनिकमा मलार्ई सुरुवाती अभ्यास गर्न लगाइयो । एक खुट्टामा उभिन्ने, तलमाथि गर्ने, घुँडा खुम्च्याउने उठ्ने आदि गर्न मलार्ई कुनै असुविधा भएन, एकदम सामान्य मानिसले झैँ सबै अभ्यास गरिसकेपछि चिकित्सकले भने– तपाईं दुरुस्त हुनुहुन्छ, थेरापी जरुरी छैन, तर हल्का अभ्यास गर्दै रहनुहोला घरमा नै भनेर मलार्ई फिर्ता पठाइयो । यो एउटा चमत्कार थियो चिकित्सकको लागि पनि । म स्वस्थ छु शल्यक्रिया गरेको भए एक–दुई हप्ता अस्पतालको खर्च र दुई–तीन महिना थेरापीको खर्च ब्यहोर्नै पर्ने हुन्थ्यो । सामान्य प्राकृतिक खानाले नै लेगामेंटको ठोस उपचार सफल भयो । अब कसरी भन्ने जडिबुटी वा प्राकृतिक चिकित्सालाई अप्रमाणित भनेर ?

हामीले देख्ने गरेका छौँ हात्तीलाई तालिम गर्दा उसको टाउकोमा निर्मम तरिकाले धारिलो हतियारले प्रहार गरिन्छ र त्यो घाउ बेसार–तेल लगाएर ठिक पारिन्छ । के यो पनि रोगनिरोधक र किटाणुनासक प्रमाणित प्राकृतिक चिकित्सा उपचार होइन र ? हातखुट्टा भाँच्चिदा मर्किंदा अहिले पनि कतिपय गाउँघरमा नेपाली कागज, विशेष प्रकारको घाँस र चिप्लेकिराको मिश्रणको लेप प्रयोग हुन्छ । विविध प्रकारका बिमारीमा हज्जारौँ प्रकारका जडिबुटीको प्रयोग हुँदै आएको छ । नेपालमा पनि शाही औषधि लिमिटेडको स्थापना एलोपेथिक औषधि निर्माण गर्ने) सँगै केही वर्षपछि जडिबुटी कारखाना स्थापना भएको थियो । त्यसले नेपालको विभिन्न भागमा हुने जडिबुटी संकलन गरी चिनियाँ जडिबुटी औषधिकै स्तरमा उत्पादन गर्ने गर्दथ्यो ।

उदाहरण ३, उच्च रक्तचापको औषधि :

माथि मैले उल्लेख गरेझैँ एलोपेथिक औषधि भनेको लागुऔषधको कुलत जस्तै हो, एकपटक खान सुरु गरेपछि छोड्न मिल्दैन भनेर चिकित्सकले जीवनभर औषधिको दास बनाइदिन्छन् वा त्यो औषधिको लतमा फसाइदिन्छन् । अर्थात्, एलोपेथिक औषधिले रोगबाट मुक्त गर्दैन रोगलाई शरीरभित्र दबाएर राख्ने काम मात्र गर्छ र त्यसको लामो समयको प्रयोगले शरीरमा प्राकृतिक रूपले स्थापित रोगप्रतिरोधात्मक शक्तिलाई निस्क्रिय वा अपाङ्ग बनाइदिन्छ अनि बाँच्ने रहर हुन्जेल औषधि खानुको विकल्प हुँदैन । त्यसको ठिक विपरीत प्राकृतिक चिकित्सा वा जडिबुटीको प्रयोग एकपटक गरेपछि नियमित लिनु पर्दैन र एकपटकको उपचारले सधैंको लागि निर्मुल पारिदिन्छ र अर्को सकारात्मक पक्ष यसको उल्टो असर (रियाक्सन) पर्दैन जसरी एलोपेथिक औषधिको उल्टो असर पर्ने, कब्जियत हुने, कमजोर पार्ने र एक रोगको उपचारका लागि औषधि खान थालेपछि शरीरको अर्को अङ्गलाई समेत प्रभाव पार्दछ ।

कार्य व्यस्तता र उपयुक्त जडिबुटी उपलब्ध नहुनाको कारण मैले सन् २००७ देखि ५ मिलिग्रामको उच्च रक्तचापको औषधि खान थालेँ जुन दोस्रो वर्ष १० र तेस्रो वर्ष २० गर्दै पाचौँ वर्षमा ४० मिलिग्रामको लिनुपर्ने चिकित्सकको उर्दी भयो । म विवश भएर लिँदै गएँ । समयको चक्रसँगै जब म मैले पढेको प्राकृतिक चिकित्सा वा जडिबुटीको सबै खजाना उपलब्ध हुने अवस्थामा पुगेँ, अनि उक्त औषधिलाई सुरुमा एक दिन बिराएर, फेरि दुई, अनि तीन गर्दै हप्तापछि तीन वर्षसम्म लगातार खान छोडी दिएँ । तर यो समयमा मैले बडो सतर्कतापूर्वक, जस्तै रातो मासु खान छोडेको त ५ वर्ष भैसकेको थियो, तेलीय र बोसोयुक्त खाना पूर्ण रूपमा बन्देज गरेको, सागपात र शरीरको विषाक्त सफा गर्ने जडिबुटीहरू जस्तै कागती–पानी, तितेकरेला झोल, इमिलीको झोल र दैनिक बेसार–पानी वा बेसार–दुध, दैनिक २–३ केस्रा लसुन, ताजा अदुवालगायत फलफुल नियमित सेवन गरेर मेरो उच्च रक्तचापलाई नियन्त्रणमा राखेको छु । एक दिन बिराउन नहुने भनिएको एलोपेथिक चिकित्सकको चेतवानीलाई अस्विकार गरेको छु । सकारात्मक सोच राख्ने, खाने–पिउने कुरामा अनुशासन, सुत्ने ब्यायाम गर्नेमा अनुशासन नै रोगसँग लड्ने शक्ति उत्पादन ९क्ष्mmगलभ क्थकतझ० निर्माण गर्ने र दीर्घजिवी बन्ने अचुक प्राकृतिक विधि र उपचार हुन् ।

अब प्रसङ्ग कोरोनाको । कोभिड–१९ नाम दिइएको यो महामारीलाई अनेक कोणबाट अध्ययन हुँदै आएको छ । आज करिब १० महिना पुग्न लाग्दासम्म कुनै प्रतिरोधात्मक खोप पनि बनिसकेको छैन, भलै दुनियामा २ सय ५० वटा भन्दा बढी प्रसिद्ध अनुसन्धान प्रतिष्ठानका लाखौँ विज्ञहरू निरन्तर लागिरहेका छन् । तर विश्वका प्राकृतिक चिकित्सक, विज्ञहरू र साधारण मानिसहरू मात्र होइन स्वयम् एलोपेथिक चिकित्सकहरूले समेत आज यो महामारीबाट बच्न योग ध्यान अध्यात्म र प्राकृतिक जडिबुटीको नियमित सेवन गरेर रोगप्रतिरोधात्मक शक्ति निर्माण गर्न सल्लाह दिने गरेका छन् । यो कसरी अप्रमाणित भयो त ?

म आज करिब २० वर्ष भयो, नियमित हप्तामा एकदिन उपवास बस्छु । निम, घ्युकुमारीको झोल सम्भव भएसम्म नियमित पिउने गरेको छु । लसुन, अदुवा, बेसार, दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची र टुसा उमारेको गेडागुडी तथा सब्जीलाई प्राथमिकतामा राख्छु । मलार्ई निदाउन पाँच मिनेटभन्दा बढी समय लाग्दैन र बिहानको शौचालयमा पनि पाँच मिनेटभन्दा बढी समय लाग्दैन । म मेरो पेट पूर्ण रूपमा खाली पार्छु । दिनमा अधिकतम व्यस्त र थकाइ लाग्ने स्रोत खोज्छु । आज यो कोभिड–१९ को माहामरीमा पनि दैनिक १०–१२ घण्टा काममा छु, सातै दिन र दैनिक १–२ सय मानिसलाई सेवा दिइरहेको छु ।

यो लेखको मूल आशय के हो भने सृष्टिकर्ताले पहिले मानिस र मानिसले विज्ञान आविष्कार गरेको हो, विज्ञानभन्दा पहिले प्राकृतिक चिकित्सा नै थियो र त्यसको महत्व अझै बढ्दै छ । तमाम रोगको उपचार प्राकृतिक चिकित्सा वा आयुर्वेदिक विज्ञान वा जडिबुटीमा नै छ । अप्रमाणित भनेर यसको महिमा वा महत्वको अवमुल्यन नगरौँ भन्ने हो । भारतका मात्र होइन नेपाल, पाकिस्तानमा पनि धेरै चर्चित व्यक्तित्वहरू गौमुत्र (अर्क)को नियमित सेवन गर्ने गर्छन्, जसले दर्जनौँ रोगसँग लड्ने वा परास्त गर्ने गर्छ । अचम्म त के भने गौमुत्रको अनुसन्धान र उत्पादन एवम् प्रयोगको लागि अमेरिका जस्तो देशले ४–४ वटा पेटेन्ट अधिकार लिएको छ । महर्षि विश्व विद्यालयमार्फत प्राकृतिक चिकित्सा विज्ञानको सदुपयोग पनि अमेरिकाले गरिरहेको छ । वार्षिक हज्जारौँ प्राकृतिक चिकित्सक उत्पादन गरिरहेको छ (चर्चित गुरु महेश योगीले अमेरिकाको आइवाको फेयर्फिल्डमा १९७१ मा स्थापना गरेको महर्षि अन्तराष्ट्रिय विश्वविद्यालय जुन नाफारहित प्रतिष्ठानसमेत हो, जहाँ जैविक कृषि उत्पादन, मानव विकास, अध्यात्मिक स्वास्थ्य, आयुर्वेदिक औषधि विज्ञान आदि शिक्षा दिने गरिन्छ र यसको अनेकौँ सहायक संस्थाहरू सक्रिय रूपमा और्बेदिक औषधि योग र अध्यात्म एवम् मानव विकासको कार्यरत रहेका छन् ।) । संयक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष जुन २१ को दिनलाई किन योग दिवस मनाउन थाल्यो ? के यो प्रमाणित प्राकृतिक उपचार पद्धति वा शारीरिक मानसिक उपचारको आधार होइन ?

प्राकृतिक चिकित्साको प्रमाणीकरणको लागि ऋषि–महर्षि मात्र होइन पछिल्लोपटकको ठोस उदाहरण खप्तडबाबा हुन् । सेनाका एलोपेथिक चिकित्सकले कसरी आफ्नो पेशा वा आधुनिक उपचारभन्दा आयुर्वेदिक उपचार गहन र विश्वसनीय मान्न पुगे ? किन आफ्नो सुविधासम्पन्न र मर्यादित पेशा छोडेर आयुर्वेद्को अध्ययन गर्न थाले र एउटा कठोर र अविश्वसनीय यात्रा तय गरी दिल्ली कास्मिर हुँदै नेपालको खप्तड जस्तो घनघोर जङ्गलमा आइपुगे अनि सैयौँ जडिबुटीको अध्ययन र परिचय दिन सफल भए ? नेपालीले गम्भीर भएर सोच्नु जरुरी छ, एसियामा चीन र भारत जडिबुटी उत्पादन र अन्तर्राष्ट्रिय बजारमा पुऱ्याउन धेरै सफल भएका छन् । नेपालमा छिमेकी दुई देशमा नपाउने धेरै बहुमूल्य जडिबुटी छन्, हामीले त्यसको पहिचान संरक्षण र ब्यवसायीकरण धेरै पछाडि परेका छौँ जुन आज विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत हुनुपर्ने थियो ।

हुन् त जडिबुटीको प्रयोग नेपाल, भारत चीन वा पूर्वीय समाजमा मात्र होइन अरबदेखि युरोपसम्म भएको छ तर भारत र नेपालको केही पहाडी र हिमाली भूभाग भने जडिबुटीको लागि संसारमै अलौकिक विविधता भएको स्थान मानिन्छ । भारतमा आधुनिक रूपमा आयुर्वेदिक उत्पादन डाबरले सन् १८८४ देखि सुरु गरे पनि बैद्यनाथ, हिमालयन, सूर्य हर्बल, झण्डू, जोइक, चरक, भिक्को, दिव्या, पतन्जली जस्ता विश्वविख्यात सैयौँ आयुर्वेदिक उत्पादनदेखि उपचारसम्मका प्रतिष्ठान छन् र विश्व बजारमा गहिरो पकड राख्न सफल भएका छन् ।

पञ्चायतकालमा साँच्चिकै देशको साधन र स्रोतलाई सदुपयोग गर्ने सोच, नीति कार्यान्वन भएको देखिन्छ । नेपालमा पनि सन् १९७४ मा नरदेवी आयुर्वेदिक अस्पताल खुलेको थियो, राणाहरूले सिंहदरबार बैद्यखाना खुलाएका थिए त्यस्तै निजी क्षेत्रमा श्रीकृष्ण बैद्यखाना बागबजारमा ६० वर्ष अगाडि नै खुलेको थियो र योलगायत धेरै बैद्य तथा बैद्यखाना सक्रिय थिए । अहिले पनि निजी क्षेत्रमा ठूलो जागरुकता देखिएको छ तर सरकारी रवैैया र बिचौलियाको कारण जडिबुटी उत्पादन र संकलनमा अवरोध हुदैछ । त्यसैगरी ४० को दशकको सुरुमा (पञ्चायतकाल) चीनमा जडिबुटी अनुसन्धान र उत्पादनमा विद्यावारिधि विज्ञता हासिल गरेका जोसिला युवा डा. अस्फाक शेखको एकल सोच र सपनाको परियोजनालार्ई तत्कालिन सरकारले सहयोग गरेको थियो जसको प्रतिफलस्वरूप कोटेश्वरमा जडिबुटी औषधि उत्पादन केन्द्र स्थापना भइ जडिबुटीको सदुपयोग गर्ने सुकर्म सुरु भएको थियो । जसले देशका विभिन्न स्थानमा जडिबुटी उत्पादन एवम् संकलन केन्द्र खोलेर हजारौँ नागरिकलाई रोजगारी दिएको थियो र स्वदेशी उत्पादनमा आत्मनिर्भरताको लक्ष्यमा थियो । तर बहुदलीय व्यवस्थाको आरम्भसँगै जासकहरूले जडिबुटी उत्पादन केन्द्रको दोहोलो काडे, र जसरी अन्य सैयौँ प्रतिष्ठान ध्वस्त बनाउँदै डाबर र पतंजलिको लागि देशको बहुमुल्य जडिबुटी दोहन गर्न सहायक बने । आज कोभिड–१९ को विरुद्ध लड्ने क्षमता निर्माण गर्ने च्यवनप्रास, सिलाजित अश्वगंधा अमृता जस्ता बहुमुल्य र बहुगुणकारी आयुर्वेदिक औषधिको विश्वब्यापी माग बढिरहेको अवस्थामा हाम्रा प्रतिष्ठानहरू भने नेताका बिचौलिया भर्तीकेन्द्र बनेर तलब खाने र उत्पादन घटाइ विदेशी उत्पादनको बजार बिस्तार गर्ने–गराउने सहायक भएर बसेको भुक्तभोगीहरू बताउने गर्छन् ।

अन्तमा, बेसार–पानी, अदुवा–पानी, टिम्मुर–पानी भन्नुस् वा तितेपातीको जुस वा निम र करेलाको जुस, यी सबै रोगप्रतिरोधात्मक प्राकृतिक औषधि हुन् । हामीले दैनिक खानामा आरोग्यता अनि जडिबुटीलाई प्राथमिकतामा राख्न सक्यौँ भने स्वस्थ र दीर्घजीवि बन्न सक्छौँ, यसमा कुनै सन्देह राख्नै पर्दैन ।