साउदी अरबद्धारा भारत, ब्राजिल र अर्जेन्टिनामाथि यात्रा प्रतिबन्ध

साउदी अरबद्धारा भारत, ब्राजिल र अर्जेन्टिनामाथि यात्रा प्रतिबन्ध


साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड-१९ संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार (२३ सेप्टेम्बर) सो यात्रा प्रतिबन्धको घोषणा गरेको एएनआईले जनाएको छ ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान बन्द गरेको बताइएको छ ।

तर उक्त यात्रा–प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाई भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि नै लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।