पहिरामा परेर स्कार्पियो चालकको मृत्यु, मोटरसाइकलमा सवार दुई घाइते

पहिरामा परेर स्कार्पियो चालकको मृत्यु, मोटरसाइकलमा सवार दुई घाइते


काठमाडौं–हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए । बताइएअनुसार मृतक चालकको सनाखत भएको छैन ।

प्रवक्ता रानाका अनुसार सोही पहिरामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेको नाम खुलेको छैन ।

उक्त पहिराले काठमाडौंबाट हेटौँडातर्फ गइरहेको गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पुऱ्याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ ।