१३ कार्तिक २०७७, बिहीबार

पुराना राजनीतिकर्मी आचार्यको निधन

  प्रकाशित मिति
७ आश्विन २०७७, बुधबार ०४:१९


पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ ।

मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंंस्थित नर्भिक अस्पतालमा सघन उपचार कक्षमा उपचार गराउँदै आएका ८७ वर्षीय आचार्यको मङ्गलबार (६ असोज) राति निधन भएको हो । उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेर्‍हथुमका लागि आचार्यले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए ।

राजपरिषद् स्थायी समितिका सदस्यसमेत रहेका दिवंगत आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । वामपन्थी पृष्ठभूमिका उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भएका थिए भने उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ-वाकलाई त्यहाँको सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा

जिल्ला प्रहरी कार्यालय चितवनले दशैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्वलक्षित विशेष सुरक्षा अभियानअन्तर्गत

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिकाअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना