जीवनले गरे व्यवसायीको चिन्ता

जीवनले गरे व्यवसायीको चिन्ता


नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका पूर्व संरक्षक एवम् ख्यातिप्राप्त व्यवसायी जीवनसिंह भण्डारीले यातायात व्यवसायीहरूलाई परेको विकराल समस्याप्रति गम्भीर चिन्ता प्रकट गर्दै सम्बद्ध मन्त्रालय र व्यावसायीबीचको सम्वादबाट निकास निकाल्नु पर्ने बताउनुभएको छ ।

घटना र विचारसँग कुरा गर्दै भण्डारीले भन्नुभएको छ, ‘यातायात व्यवसायीहरू गाडीको किस्ता बुझाउन सक्ने अवस्थामा छैनन्, ऋणमा चुलुम्म डुबेका छन् । कोरोना आतङ्ककै बीचमा दशैँ जस्तो महान् चाड आउँदैछ, यातायात व्यावसायीहरूले जनताको सेवा गर्नुपर्ने विशेष अवसर आएको छ । सरकारले व्यवसायीको मर्का बुझ्नुपर्छ र महासङ्घको नेतृत्वमाथि विश्वास गर्नुपर्छ । दुई पक्ष सौहाद्र्धपूर्ण ढङ्गले वार्तामा बस्ने हो भने समस्याको समाधान अवश्य हुनेछ ।’

‘मन्त्रालय र महासङ्घबीच सम्वाद गरेर समधान खोज्न ढिलाइ गरिनु हुन्न । एक पक्षले अर्को पक्षको समस्यालाई गम्भीरतापूर्वक सुन्ने र बुझ्ने काम गरे भने समाधान टाढा छैन’– भण्डारीको भनाई छ । उहाँले वार्ता गर्न विलम्ब गर्न नहुनेमा जोड दिनुभएको छ ।