नाता कायम गराउन धर्ना बस्न खोज्दा बालिका पक्राउ

नाता कायम गराउन धर्ना बस्न खोज्दा बालिका पक्राउ


प्रदेश १ का मुख्यमन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपााको केन्द्रिय कार्यालय रहेको स्थान पेरिसडाँडाबाट प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

बताइएअनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । उनले मुख्यमन्त्री राईसँग नाता कायम गराइपाउँ भन्ने माग राखेर पार्टी कार्यालयमा धर्ना बस्न खोजेको बुझिएको छ ।