बुधबार सबेरै ६ रिक्टर स्केलको परकम्प !

बुधबार सबेरै ६ रिक्टर स्केलको परकम्प !


आज एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको बताइएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल)को परकम्प मात्र हो । बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौं आसपासको भेगमा ठूलै धक्का दिएको छ ।

विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन् ।