सिजीको ‘कुशल स्वास्थ्य असल पर्व’ दशैँ अफर

सिजीको ‘कुशल स्वास्थ्य असल पर्व’ दशैँ अफर


नेपालीहरूको महान् चाड दशैँ तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले बजारमा ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजनाका साथ विभिन्न अफरहरू ल्याएको छ । यस योजनाअन्तर्गत सिजीले आफ्नो ग्राहक महानुभावहरूलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको ‘महा नगद छुट’ र ‘हात खाली नजाने पक्का उपहारहरू’ दिने भएको छ ।

सिजीको कुनै पनि एलइडी टिभीको खरिदमा ३० प्रतिशतसम्मको महा नगद छुट र ४३ इन्च र सोदेखि माथिका टिभीहरूमा निःशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साइड बाइ–साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको कम्पनीको भनाइ छ ।

यसरी नै अरु पनि विभिन्न सामान सिङ्गल डोर रेफ्रिजेरेटर, शो–केश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आइरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नुहुनेछ । एसिमा भने निःशुल्क जडानको योजना रहेको छ ।
यो योजना सिजीले यही भाद्र २९ गते २०७७ सालदेखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको हुनाले जतिसक्दो चाँडो सिजीका विभिन्न घरायसी सामाग्रीहरूको खरिद गरी मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

सिजीले आफ्नो सम्पूर्ण ग्राहकमा कुशल स्वास्थ्यको कामना गर्दै सिजीको घरायसी सामग्रीको खरिदमा आकर्षक छुट र उपहारहरू दिँदै यो दशैँ असल पर्वको रूपमा मनाउन सुझाव दिएको छ ।