भारतीय सिरियलमार्फत् निरिषाको कमब्याक

भारतीय सिरियलमार्फत् निरिषाको कमब्याक


नेपाली चलचित्र ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमार्फत् कमब्याक गरेकी छन् ।

निरिषाको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’को हालै प्रोमो सार्वजनिक भएको छ, जसमा निरिषाको चरित्र चित्रण गरिएको छ ।

प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् । सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ ।

हरेक सोमबार र शुक्रबार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो ।

यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’मा काम गरेकी थिइन् । अहिले भारतको मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउनअघि एक साउथ फिल्म साइन गरेकी थिइन् भने उनी बलिउड प्रवेशका लागि पनि प्रयास गर्दैछिन् ।

https://www.youtube.com/watch?v=wAO1KC5EtAg