नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार नाघ्यो


पछिल्लो २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार नेपालमा अब कोरोना संक्रमितको कुल संख्या २६,०१९ पुगेको छ ।

पछिल्लो २४ घण्टाममा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको र देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामै १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको र देभभर १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा रहेका बताइएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना पुष्टि भएको हो।