मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीद्वारा बधाई

मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीद्वारा बधाई


प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार (१५ अगस्ट) बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ ।

उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७४ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै ‘आत्मनिर्भर भारत’को लागि भारतीय जनतालाई आह्वान गर्नुभयो । कोरोना भाइरसको महामारीबीच मनाउँदै गरेको स्वतन्त्रता दिवसको अवसरमा दिइएको आफ्नो भाषणमा प्रधानमन्त्री मोदीले भारतमा कोरोनाविरुद्धको भ्याक्सिन तयार हुनै लागेको जानकारी दिँदै प्रयोगको चरणमा रहेको भ्याक्सिन वैज्ञानिक परीक्षण पूरा भएलगत्तै आमप्रयोगमा आउने र त्यो छिट्टै हुने दाबी गर्नुभयो ।