क्रोएसियामा राप्रपासमर्थित प्रवासी नेपाली एकता समाज गठन

क्रोएसियामा राप्रपासमर्थित प्रवासी नेपाली एकता समाज गठन


दक्षिण पूर्वी युरोपको क्रोएसियामा राप्रपासमर्थित प्रवासी नेपाली एकता समाज गठन भएको छ । रमेश थापाको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा रामकुमार प्रधान र सुदिप सापकोटा, सचिवमा प्रदिप खड्का सहसचिवमा सन्तोष अधिकारी कोषाध्यक्षमा सागर चौलागाइँ, सह–कोषाध्यक्षमा कृष्ण पराजुली प्रवक्तामा रविन घर्ती मगर र वरिष्ठ सदस्यमा सुजन सापकोटा रहेका छन् ।

समाजको वरिष्ठ सल्लाहकारमा जीतबहादुर दहाल र सल्लाहकारहरूमा शेरबहादुर तमाङ, गोपीकृष्ण पाण्डे र मुकुन्द घिमिरे रहेका छन्, यो समेत युरोपमा १० देशमा राप्रपासम्बद्ध प्रवासी संगठन गठन भएका छन् । विश्वभर नेपाली बाहुल्य रहेका २६ देशमा राप्रपाको प्रवास संगठन विस्तार भइसकेको छ । राप्रपा एकीकरणपछि स्वदेश र प्रवासमा राप्रपाको संगठन उल्लेख्य रूपमा विस्तार भइरहेको छ ।

प्रवासमा एनआरएनएलगायत विभिन्न सामाजिक संस्थाहरूमा राप्रपा समर्थित प्रवासी संगठनको उल्लेख्य प्रतिनिधित्व रहेको दाबी गरिउको छ। नवगठित प्रवासी नेपाली एकता समाज क्रोयसियालाई राप्रपा केन्द्रीय सदस्य विजय खड्काले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै कार्यसमितिलाई बधाई ज्ञापन गरे, त्यस्तै राप्रपा युरोप अध्यक्ष सुरेन्द्रमान अमात्यले पनि शुभकामना व्यक्त गरेका छन् ।