ट्रक र मोटरसाईकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रक र मोटरसाईकल ठोक्किँदा एकको मृत्यु, एक घाइते


विकास रौनियार, धादिङ

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा–५ विशालटारमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोटको तारकेश्वर गाउँपालिका–१ का २७ वर्षीय वीरेन्द्र तामाङ रहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

सोमबार दिउँसो करिव १ः३० बजे चितवनबाट मलेखुतर्फ आउँदै गरेको बा ८४ प ६९६६ नम्बरको मोटरसाइकल र चितवनतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको पाण्डेले बताए ।

यस्तै घाइते हुनेमा मोटरसाइकलमा सवार धादिङको रुविभ्याली गाउँपालिका–३ का ३० वर्षका भोजबहादुर तामाङ रहेका छन् । घाइते तामाङको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको र ट्रक, मोटरसाइकल र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।