अवैध रूपमा भित्र्याइएको चल्ला बरामद

अवैध रूपमा भित्र्याइएको चल्ला बरामद


आरपी उपाध्याय, नवलपरासी

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना बन्द रहेको अवस्थामा पनि पश्चिम नवलपरासीको दक्षिण सिमा नाकामा अवैध क्रियाकलाप मौलाएको पाइएको छ ।

सिमा नाकामा तैनाथ सशस्त्र प्रहरीको जनशक्तिले सुराकीको आधारमा अवैध रूपमा ल्याइएका केही कुखुराको चल्ला र चल्ला बोक्ने सवारी साधन सशस्त्रको गस्तीटोलीले बरामद गरेको छ ।

जिल्लाअन्तर्गत सनही नाकाबाट अवैध रूपमा ल्याउँदै गरेको ५५ कार्टुन कुखुराको चल्लालाई सशस्त्र प्रहरी बल २६ नं. गणबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक जनकजङ भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलले बरामत गरेको चल्लाको मुल्य ४ लाख रहेको बताइएको छ ।

त्यसैगरी पाल्हिनन्दन गाउँपालिका–६ स्थित भारतबाट ल्याइएको ४४ बोका बोइलर कुखुरा र २ भारतीय न. प्लेटको मोटर साइकल लाई अस्थाइ सुरक्षा बेस रगरगन्जबाट खटेका सशस्त्र प्रहरी नायब निरीक्षक कोमल यादवको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको कुखुराको चल्लालाई पशु कोरेन्टाइन चेकपोष्ट महेशपुरको प्रतिनिधिको रोहबरमा नष्ट पारिएको थियो भने मोटरसाइकल महेशपुर भन्सार पठाइएको २६ नं. गणले जानकारी दिएको छ ।