अयोध्यामा राममन्दिर शिलान्यासपछि नेपालभरी खुसीयाली

अयोध्यामा राममन्दिर शिलान्यासपछि नेपालभरी खुसीयाली


■ सनत आचार्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर शिलान्यासका लागि भूमिपूजन गर्नुभएको खुसियालीमा विश्व हिन्दू परिषद् नेपालले बुधबार (२१ साउन) काठमाडौंलगायत देशका विभिन्न स्थानमा दिपावली गरी खुसियाली प्रकट गरेको छ ।

सोही अवसरमा परिषद्ले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ, सुन्दरीजल, टोखा, सानेपा, गौरीघाट, मातातीर्थलगायत नेपालका करिव ५ हजार स्थानमा दीप प्रज्वलन गरिएको विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सचिव प्रह्लाद रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीले सम्पूर्ण हिन्दूहरूको आस्थाका केन्द्र भगवान श्रीरामको मन्दिर शिलान्यास हुनु समस्त हिन्दूको लागि खुसीको विषय भएकाले विश्वभरका हिन्दूले खुसियाली प्रकट गरेको बताउनुभयो ।

सुषुप्त रहेको हिन्दू समाजलाई दीप प्रज्वलनले थोरै भए पनि जगाउन सफल भएको रेग्मीको भनाई छ ।

बताइएअनुसार कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तकलगायत सर्वसाधारणले हर्षोल्लासपूर्वक द्वीप प्रज्वलन गर्नुका साथै भगवान रामको जयजयकार समेत गरेका थिए, जसको खुशीयालीमा उपस्थित सबैलाई लड्डुसमेत वितरण गरिएको थियो ।

सो कार्यक्रममा मातृभूमिका लागि नेपालीका केन्द्रीय संयोजक देवप्रकाश त्रिपाठीको नेतृत्वमा सहभागिता जनाएको टोलीले ऐक्यबद्धता जनाउँदै दीप प्रज्वलनमा सहभागी भएको थियो ।