काठ-तस्कर र वन-कर्मचारीबीच गोली हानाहान

काठ-तस्कर र वन-कर्मचारीबीच गोली हानाहान


आरके श्रीवास्तव, रौतहट

रौतहटमा काठ–तस्कर र वन–कर्मचारीबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्लाको वृन्दावन सव डिभिजन वन कार्यालयमातहत क्षेत्रमा तस्कर र कर्मचारीबीच गोली हानाहान भएको हो । शुक्रबार साँझ वन कर्मचारीले गस्ती गर्दै जाँदा तस्करले वनको गस्ती टोलीलाई देखेपछि फायर सुरु गरेका बताइएको छ ।

गस्ती टोली र तस्करबीच गोली हानाहान हुँदा वन–कर्मचारीले चार राउन्ड हवाइ फायर गरेका थिए ।

सो क्रममा वन गस्ती टोलीले एक तस्करलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका तस्करको नाम खुलाइएको छैन ।

यस्तै, वन कर्मचारीले दुई थान सखुवाको गोलिया र चार थान साइकलसमेत बरामद गरेको जानकारी गराइएको छ ।