नेकपाको सङ्कट यथावत, फुट्न नसकुन्जेल ‘एक’ रहिरहने

नेकपाको सङ्कट यथावत, फुट्न नसकुन्जेल ‘एक’ रहिरहने


नेपाल कमयुनिष्ट पार्टीभित्र शुरु भएको सत्ता–सङ्घर्षमा अहिलेसम्म दुवै पक्ष एकअर्कालाई पराजित गर्न असफल रहेका छन् । प्रचण्डको अगुवाइमा गत वर्षदेखि शुरु भएको सत्ता–सङ्घर्षमा प्रधानमन्त्री बदल्ने सफलता पार्टीका विपक्षीहरूलाई प्राप्त भएको छैन भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पनि पार्टीका सहकर्मीहरूबाट आफूलाई पूर्ण सुरक्षित तुल्याउन सफल हुनुभएको छैन । तथापि प्रधानमन्त्रीमाथि मानसिक दबाब पैदा गर्न र सरकारलाई आफ्नो काममा केन्द्रित हुन नदिन भने प्रचण्ड–माधव पक्षलाई सफलता मिलेको छ ।

प्रचण्ड पक्षले केपी ओलीलाई एउटा पदमा मात्र सीमित राख्ने योजना बनाएको भए त्यसमा उनीहरूलाई ढिलो या चाँडो सफलता मिल्न पनि सक्थ्यो । एक–एक गरी केपी शर्मा ओलीबाट दुबै पद खोस्ने, त्यसपछि केपीसमर्थक सबै मूख्यमन्त्रीहरूलाई हटाउने र अन्त्यमा राष्ट्रपति समेत बदल्ने योजना बनाएको सूचना प्राप्त भएकोले केपी ओली निर्वाचित दुवै पदीय जिम्मेवारी (प्रधानमन्त्री र पार्टी अध्यक्ष) नछोड्न दृढ बन्नुभएको बताइन्छ । पार्टीको गत असारदेखि शुरु भएको स्थायी समिति बैठक स्थगित हुने र चल्ने क्रम जारी छ ।

केपीलाई सकेसम्म दुबै नभए एउटा मात्र पदबाट भए पनि मुक्त गराउने उद्देश्यका साथ गत असार १० गतेबाट शुरु भएको पार्टी स्थायी समितिको बैठक यस विषयमा निर्णय लिन असमर्थ छ । स्थायी समितिको बैठक जारी रहेकै समयमा केपी शर्मा ओली र प्रचण्डबीच असहमतिका निम्ति सम्वाद पनि चल्दै आएको छ । दर्जन बढी पटक घण्टौँ घण्टासम्म संवाद हुने तर सहमति नहुने कुरालाई आममानिसले समेत रहश्यमयी र आश्चर्यजनक ठानेका छन् । पटक–पटक पद त्याग गर्न दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई पटक–पटक ‘आफ्नो बाटो लाग्न’ सुझाव दिनुभएको बुझिएको छ ।

नेकपाका नेताहरू सँगै बस्न नसक्ने अवस्थामा पुगिसक्नुभएको छ । पछिल्लो पटक वैचारिक विषय समेत मुद्दा बनेपछि स्पष्ट रूपले पार्टी दुई कित्तामा विभाजित हुने स्थितिमा पुगेको छ । केपीले ‘जबज’लाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने बताउनुभएपछि प्रचण्डलाई मात्र अप्ठयारो परेको छैन, माधवकुमार नेपाल र वामदेव गौतमसमेत अप्ठयारोमा पर्नुभएको छ । नेपाल र गौतम ‘जबज’ छोड्ने पक्षमा हुनुहुन्न र केपी ओलीसँग मिलेर काम गर्न सक्ने स्थितिमा पनि देखिनुहुन्न । त्यसैले एउटा असहज स्थिति नेकपाभित्र पैदा भएको छ ।

प्रचण्डलाई ओलीको स्पष्ट जवाफ हुने गरेको छ– ‘यो एकता भनेको बहुमत र अल्पमतको आधारमा नभई तपाईं र मेराबीचको सहमतिले भएको हो । बहुमत–अल्पमतको कुरा गर्नुहुन्छ भने तपाईं के निर्णय लिनुहुन्छ लिनुहोस्, मैले चाल्ने कदम त्यसपछि चाल्ने छु ।..’

वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनको पक्षमा नरहेको विश्वास एमाले कित्ताले गरेको छ । उहाँले अहिलेसम्म प्रचण्डलाई दिँदै आउनुभएको साथ केपी ओलीलाई ‘ठीक ठाउँमा ल्याउन’ मात्र भएको र पार्टी विभाजन हुने स्थितिमा उहाँको साथ प्रचण्डलाई नरहने ठानिएको छ । केपीको ‘लाइन’मा नआएसम्म पार्टीभित्र एकता र सहमतिको सम्भावना नभएको र पार्टी विभाजन गर्न पनि माधव र बामदेवको साथ नहुने अवस्था रहेकोले प्रचण्ड यतिबेला सबैभन्दा ठूलो सकसमा पर्नुभएको बुझिन्छ । पार्टी विभाजन नै हुने स्थितिमा प्रवक्तासमेत रहनुभएका नेता नारायणकाजी श्रेष्ठले समेत भूमिका परिवर्तन गर्नुहुने बताइन्छ । भनिन्छ, श्रेष्ठ पार्टी विभाजनलाई रोक्न जुनसुकै हदसम्म जान तयार हुनुहुन्छ ।

केपीसँग सहयात्रा गर्न नसकिने निष्कर्षमा पुगेर पनि सहकर्मीहरूको मनस्थिति र स्थितिका कारण प्रचण्डले अहिलेसम्म पार्टी विभाजन गराउन सक्नुभएको छैन । उता केपी ओली भने पार्टी एकता भनेको आफू र प्रचण्डबीचको मिलनलाई ठान्नुहुन्छ र, गत सातासम्म भएका दुई नेताबीचको एकल वार्तामा ओलीले प्रचण्डलाई पटक–पटक यही सन्देश दिँदै आउनुभएको छ । प्रचण्डलाई ओलीको स्पष्ट जवाफ हुने गरेको छ– ‘यो एकता भनेको बहुमत र अल्पमतको आधारमा नभई तपाईं र मेराबीचको सहमतिले भएको हो । बहुमत–अल्पमतको कुरा गर्नुहुन्छ भने तपाईं के निर्णय लिनुहुन्छ लिनुहोस्, मैले चाल्ने कदम त्यसपछि चाल्ने छु । सहमति गर्ने हो भने या त महाधिवेशनमा जानुपऱ्यो या तपाईंले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अपनाउन तयार हुनुपऱ्यो या अध्यक्ष र प्रधानमन्त्री पद त्यसपछि चाल्नेछु । सहमति गर्ने हो भने या त महाधिवेशनमा जानुपऱ्यो या तपाईंले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अपनाउन तयार हुनुपऱ्यो या अध्यक्ष र प्रधानमन्त्री पदबाहेकका विषयमा छलफल हुनुपऱ्यो ।’

केपीले यसरी पटक–पटक आफ्नो धारणा स्पष्ट गर्दा पनि प्रचण्डले दुईमध्ये एउटा पदबाट राजीनामा मागिरहनुभएपछि गत मंगलबार (श्रावण ६ गते) भएको भेटवार्तामा प्रचण्डलाई ‘आफ्नो बाटो लाग्न’ सुझाव दिनुभएको थियो । प्रचण्ड अब आफ्नो बाटो लाग्नुहोला कि केपीसँग सम्झौता गर्न तयार हुनुहोला, यो प्रतीक्षाको विषय नेको छ । नेकपाभित्र मध्येमार्गी भूमिकामा निर्वाह गर्ने पक्ष नभएको र सिङ्गै सङ्गठन दुई कित्तामा बाँडिएकोले प्रचण्डको एकल निर्णय नै पार्टी विभाजन या एकताको कारण बन्न सक्ने अवस्था पैदा भएको हो । (घटना र विचार साप्ताहिक, १४ साउन ०७७)