को-को मारिएका थिए कोतपर्वमा ?

को-को मारिएका थिए कोतपर्वमा ?


कोतपर्व हुँदा रगत त बग्यो तर हजारौँ व्यक्तिहरूको हत्या भएझैँ गरी विभिन्न इतिहास पुस्तकमा लेखिएका कुराको चाहिँ कदापि पुष्टि हुन सक्दैन । खासगरी जम्मा ५५ जवानको मात्र हत्या भएको हो ।

तैपनि स्टेलर (Stiller) को ‘दी कोत मेसकर’ (The Kot Massacre) नामक पुस्तकमा जम्मा ३१ जवानको मात्र हत्या भएको भनी लेखिएको छ भने २९ जवान भागे, ३ जवान मुडिए, ५ परिवारसहित निष्कासित भए र २१ जवान एक्लै निष्कासित भए भनिएको छ । कोतपर्व हुँदा मारिने, मुडिने, परिवारसहित निष्कासित हुने, एक्लै निष्कासित र भाग्नेहरूको नामावली देहायमा लेखिएअनुसार छ–

मारिनेहरू :

१) प्र.म. चौतरिया फत्येजंग शाह,
२) निजका छोरा चौतरिया खड्ग विक्रम शाह,
३) चौतरिया नरहरिविक्रम शाह,
४) कप्तान चौतरिया वीरबहादुर शाह,
५) जनरल अभिमानसिंह रानामगर,
६) काजी दलभञ्जन पाँडे,
७) काजी रणगम्भीर पाँडे,
८) काजी रणजोर थापा,
९) काजी नरसिंह थापा,
१०) काजी चौतरिया गोप्रसाद शाह,
११) काजी चौतरिया दलबहादुर शाह,
१२) काजी बखतवीर भण्डारी,
१३) कपरदार वीरकेशर पाँडे,
१४) कपरदार कीर्तिध्वज पाँडे,
१५) सर्दार भवानीसिंह खत्री,
१६) सर्दार समरबहादुर शाह,
१७) सर्दार गुणप्रकाश शाह,
१८) सर्दार रससिंह,
१९) सर्दार शत्रुभञ्जन शाही,
२०) सर्दार युद्धरञ्जन शाही,
२१) काजी अर्जुन थापा,
२२) कप्तान मोहनवीर शाही,
२३) निजका छोरा कप्तान वीरबहादुर शाही,
२४) बद्रीवान शाहीका छोरा,
२५) कुम्मेदान गैंडा मल्ल,
२६) ददा दण्डकेशर,
२७) द्वारे जोगराज,
२८) जम्दार कत्रु,
२९) जम्दार विष्णुभक्त,
३०) हवल्दार कालु खवास,
३१) अर्दली इन्द्रवीर राउत,
३२) जनरल गगनसिंह भण्डारी ‘आफ्नै घरमा हत्या गरिएको’ ।

मुडिनेहरू :

१) खडानन्द उपाध्याय,
२) कुइटेल ब्राम्हण,
३) रङ्गनाथ खनाल ।

परिवारसमेत निष्कासित हुनेहरू :

१) स्व. प्र.म. माथवरसिंह थापाका परिवारहरू,
२) स्व. फुल जनरल रणवीरसिंह थापा (स्व. स्वामी अभयानन्द– स्व.
प्र.म. भीमसेन थापाको सहोदर भाइ) परिवारहरू,
३) कमाण्डर कर्णेल शेरजंग थापा बहादुरका परिवारहरू,
४) काजी तिलकविक्रम थापाका परिवारहरू,
५) कप्तान भवानीभक्त शाहीका परिवारहरू ।

एक्लै निष्कासित हुनेहरू :

१) चौतरिया ज्यान शाह,
२) चौतरिया डण्डजित शाह,
३) काजी जंगवीर पाँडे,
४) कप्तान भैरबबहादुर पाँडे,
५) कप्तान सन्तवीर थापा,
६) कप्तान कीर्तिवीर थापा,
७) कप्तान भक्तिकुमार हमाल,
८) कुम्मेदान सन्तवीर हमाल,
९) कुम्मेदान फौदसिंह कुँवर,
१०) कुम्मेदान औसनसिंह खत्री,
११) खर्दार ज्ञाननिधि उपाध्याय,
१२) सुबेदार अजय सिंह,
१३) जम्दार सर्वजित थापा,
१४) चोपदार देव उपाध्याय,
१५) सहदत पण्डित,
१६) वैद्य त्रिलोचन उपाध्याय,
१७) जम्दार काशीनाथ उपाध्याय,
१८) मुसी धायी,
१९) हुद्दा जुद्धवीर राउत,
२०) अर्दली दधिराम उपाध्यायका भतिजा,
२१) द्वारे रत्न बदन ।

भाग्नेहरू :

१) कान्छा गुरुज्यू नारायण पण्डित,
२) होमनाथ पण्डित,
३) चौतरिया दक्ष शाह,
४) चौतरिया वयज शाह,
५) काजी सिंहवीर पाँडे,
६) काजी दलकेशर पाँडे,
७) कर्णेल वीरविक्रम शाह,
८) कर्णेल नारायणसिंह थापा,
९) काजी कालु शाही,
१०) चौतरिया रणशेर शाह,
११) पूर्णचन्द्र शाही,
१२) कप्तान जयविक्रम शाह,
१३) सर्दार सुमेद सिंह कुँवर,
१४) सर्दार जयद्रथ अधिकारी,
१५) कप्तान कुलचन्द्र रानामगर,
१६) कप्तान रत्न सिंह रानामगर,
१७) कुम्मेदान सिंहदर गुरुङ,
१८) कुम्मेदान केशरसिंह राउत,
१९) कुम्मेदान भूमिनन्दन उपाध्याय,
२०) कप्तान शेर सिंह
२१) ददा वीर सिंह,
२२) सुवेदार विक्रमार्क मल्ल,
२३) गोपी पण्डित,
२४) रघुनाथ ढुंगाना,
२५) लेफ्टिनेन्ट भोटु थापा,
२६) जम्दार रघुवीर बस्नेत,
२७) जुद्धवीर रानामगर ।

कोतपर्व हुँदा कप्तान कृष्णबहादुर कुँवर र कप्तान रणोद्दीपसिंह कुँवरहरूले धेरैको ज्यान जोगाए । साथै निष्कासित हुनेहरू कसै–कसैलाई सुरक्षार्थ चार भञ्ज्याङसमेत कटाइ पठाइदिने कार्य गरे ।