कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणमा बेलायत र चीनलाई सफलता मिलेको दाबी

कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणमा बेलायत र चीनलाई सफलता मिलेको दाबी


कोरोनाभाइरस (कोभिड–१९)को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपले ‘रोग प्रतिरोधी प्रतिक्रिया उत्पादन’ गर्न सफल भएको चिकित्सकले बताएका छन् ।

ती खोपको परीक्षणमा सहभागी व्यक्तिमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोप मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकले बताएका एएफपीले जनाएको छ ।

मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दाबी रहेको छ ।

बेलायतका एक हजारभन्दा बढी वयस्कमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोना भाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो । खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । यद्यपि अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ ।

बेलायतमा विकशित खोपको सफलतासँगै बेलायत सरकारले खोपको १० करोड मात्राको माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ । यसबारे ‘द लान्सेट नामक मेडिकल जोर्नल’ (अनुसन्धानमुलक पत्रिका)मा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोप कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभावकारी तथा सुरक्षित देखिएको बताइएको हो ।

अनुसन्धानमा सहभागी अध्ययनका लेखकले भने कि तिनीहरूले खोप उम्मेदवारबाट केही प्रतिकूल (साइड इफेक्ट)को सामना गरे । उनीहरूले विशेष गरी वयस्कमा अझ बढी अनुसन्धान आवश्यक रहेको बताएका छन् । बयस्क, जो असान्दर्भिकरूपमा कोभिड–१९ का कारण मृत्यको जोखिममा रहन्छन, उनीहरूमाथिको थप परीक्षण आवश्यक छ ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान प्रतिवेदनका सह–लेखक सारा गिलबर्टले नतिजाले ‘निकै आशावादी’ बनाएको उल्लेख गर्दै भनेकी छन्– ‘यदि हाम्रो खोप प्रभावकारी छ भने यो आशाजनक विकल्प हो किनकि यस किसिमका खोप ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।’