प्रथामा जेलिएको समाजिक सोच

प्रथामा जेलिएको समाजिक सोच


■ रसना ढकाल

मुलुकबाट सती प्रथा अन्त्य भएको सय वर्ष पुग्यो । वि.स. १९७७ सालमा चन्द्रसम्शेरले मुलुकबाट सती प्रथा अन्त्य भएको घोषणा गर्नुभएको थियो । त्यस शताब्दिमा सती प्रथा व्याप्त थियो । यो प्रथामा आफ्नो मृतक पतिको चितामा पत्नी पनि ज्यूँदै जल्नुपर्ने चलन थियो, त्यसलाई सती प्रथाको नामाकरण गरियो । सती विशुद्ध संस्कृत शब्द हो । यो प्रथाको चरमोत्कर्षमा तमाम छोरी-चेलीहरू मृतक पतिको चितामा जल्नुपथ्र्यो र कोही नमाने उ दण्डको भागीदार हुनुपथ्र्यो । व्यक्तिको शरीरबाट प्राण निस्केपछि उसको शरीरका अङ्गहरू चेतनशील हुँदैनन् । त्यसैले मृत शरिरमा आगो लगाउँदा कुनै प्रतिक्रिया आउँदैन, तर एक जीवित व्यक्तिलाई सानो आगोको झिल्काले पोल्दा पनि ऐया–आत्था जस्ता शब्द निस्किन्छ । सती प्रथाको समयमा एक जीवित चेली आगोमा जल्दा उसलाई कति पीडा हुन्थ्यो होला ! शायद त्यसको कल्पना पनि गर्न सकिँदैन भने अर्कातिर यो प्रथामा पनि बलीको शिकार महिला नै हुनु पथ्र्याे । पछि तत्कालिन श्री ३ महाराज चन्द्रसम्शेरले यो प्रथालाई अन्त्य गर्ने गरी अभियान चलाउनुभयो र फलस्वरूप वि.स. १९७७ मा सती प्रथा अन्त्य भयो । त्यसैले नेपाली इतिहासमा चन्द्रशम्शेर महिलावादी शासकको रूपमा परिचित हुनुभयो ।

मानवको सृष्टिसँगै अनेकन बाधा–व्यवधानयुक्त प्रथाहरूले पनि जन्म लिए । ती प्रथाहरूलाई मानव समाजले पिछा गर्दै गयो । यसलाई जीवन्त राख्न मानवले आफैलाई बली पनि चढाउन तयार भयो । तर समयक्रमसँगै मानिसका सोचहरूमा परिवर्तन हुँदै गयो । कुरीति र कुसंस्कारको विरुद्ध यही मानिसको भीडबाट आवाजहरू उठ्न थाले । त्यसैको परिणाम हो सती प्रथाको अन्त्य ।

यसरी सती प्रथा त अन्त्य भयो, तथापि त्यसबदला अनेकन प्रथाहरूले जन्म लिए, जो यही समाजको चित्रणको रूपमा स्थापित भए । र, त्यसमा सजायको भागीदार वा प्रथामा महिला मानवको प्रयोग गरियो । जसको कारण महिलामाथि हिंसाका चरणहरू बढ्न थाले । वर्तमान समयमा यसरी महिलालाई नै लक्षित गरेर बनेका प्रथाहरूका कारण महिलाको मानवअधिकारमा प्रश्नचिह्न लागेको छ । के महिला मानव होइन ? कहिलेसम्म उ दोस्रो दर्जाको रूपमा रहने ? यो पित्तृसत्ताले महिलालाई नै किन हिंसाको घेराभित्र राख्यो ? यी सबै प्रश्न विभिन्न प्रथाहरूको कारण आएको छ । यो पितृसत्ता यस्तो सत्ता बन्यो कि न त यसलाई महाअभियोग लगाएर हटाउन सकियो न त भ्रष्टाचारको मुद्दा हालेर पन्छाउन नै सकिन्छ । यसलाई हटाउन समान व्यवहार र समान सोचको खाचो पर्दछ । एक मानवलाई अर्को मानवले गर्ने सम्मानको सवाल यहाँनेर जोडिएको हुन्छ ।

हामीकहाँ जति ठुलो घटना त्यति ठुलो च्यानलको बिगबिगी नै छ । झन् बलात्कार र मानव बेचबिखन जस्ता जघन्य अपराधमा राजनीतिक दलहरूको भूमिका र चलखेल डरलाग्दो हुन्छ । र, यस्ता ‘च्यानल’हरूले दोषीलाई हत्कडी लगाउन बाधा अवरोध गरिरहेका हुन्छन्, र अन्त्यमा दण्डहीनताले पश्रय पाउँछ ।

प्रथा भन्नेवित्तिकै पुरानो चलनको निरन्तरता भनेर बुझ्न सकिन्छ । तर यस्तो चलन समाजका सबै व्यक्तिले मान्दछन् भन्ने छैन, कोही–कोही चलन मान्छन् भने कतिपयचाहिँ समयानुकुल परिवर्तनको पक्षमा उभिन्छन् । अहिले हामीकहाँ व्याप्त रहेका प्रथाहरूमा, दाइजो प्रथा, छाउपडी प्रथा, बालविवाह प्रथा, बोक्सी प्रथा र जातीय प्रथा मुख्य छन् । उल्लिखित प्रथाहरूमध्ये उन्मुलन भएको प्रथामा सती प्रथा र झुमा प्रथा हो । सबै प्रथाहरू डरलाग्दा छन् । जस्तै, घर–परिवारले मागेको दाइजोभन्दा कम दाइजो माइतीबाट चेलीले ल्याएकी छिन् भने उनलाई विभिन्न खाले शारीरिक हिंसा गरिन्छ । यतिसम्म कि उनको हत्या नै गरिन्छ । त्यसैगरी छाउपडी प्रथामा छोरीलाई महिनावारी भएको बेला चार दिनसम्म छाउगोठमा राखी हिंसा गरिन्छ ।

त्यसैगरी उमेर नै नपुगी बालबालिकाको विवाह गराइदिने, गरिव तथा विपन्न वर्गकी विधवा महिलाहरूमाथि बोक्सीको नाममा यातना दिने तथा तल्लो जात र माथिल्लो जातको स्तर राखेर महिलालाई हिंसाको शिकार तुल्याइन्छ । यी सबै प्रथाबारे हामी नेपाली जानकार छौँ तर पनि यी प्रथालाई हटाउन सकिएको छैन । वर्तमान समयमा एकदमै घातक रूपमा अघि आइरहेका छन यी प्रथाहरू । यसको न्युनीकरण गर्नको लागि कानूनी रूपमा पनि व्यवस्था भएको छ, तर अहिले पनि महिलाहरूको न्यायमा पहुँच पुग्न नसकेको अवस्थामा यस्ता नीतिनियम वा कानूनहरू कानूनकै पानामा सीमित छन् । यहाँ दोषीलाई कारवाही नै नभएको त होइन तर राजनीतिक हस्तक्षेपको मात्रा अत्याधिक भएका कारण यस्ता कसुरवालहरू सहजै र छिट्टै छुट्ने सम्भावना अत्यधिक रहेको हुन्छ । घटनाक्रमहरूसँगै हामीकहाँ जति ठुलो घटना त्यति ठुलो च्यानलको बिगबिगी नै छ । झन् बलात्कार र मानव बेचबिखन जस्ता जघन्य अपराधमा राजनीतिक दलहरूको भूमिका र चलखेल डरलाग्दो हुन्छ । र, यस्ता ‘च्यानल’हरूले दोषीलाई हत्कडी लगाउन बाधा अवरोध गरिरहेका हुन्छन्, र अन्त्यमा दण्डहीनताले पश्रय पाउँछ ।

कुनै समय हिंसा हुनु अशिक्षा र गरिबीको कारण मानिन्थ्यो भने अहिले शिक्षित परिवार र धनाढ्यमा हिंसाका चरणहरू देख्न पाइन्छ । बलात्कार मानवबेचविखन जस्ता जघन्य अपराधमा शिक्षित व्यक्तिहरू प्रयोग भइरहेको देखिन्छ । अपराधले जताततै आफ्नो जालो विच्छ्याइसकेको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई चार जात र छत्तिस वर्णको उपाधि दिएका छन् । हाम्रो समाजमा अनेकन जाति, धर्म र संस्कृति बोकेका मानिसहरू बसोबास गर्छन् । समाजको मुख्य इकाइको रूपमा रहेको व्यक्ति जन्मिनासाथ थर र जातको उपाधि पाउँछ । यसले व्यक्तिको समुहको पहिचानसहित उसको भविष्यको पनि निर्माण हुन्छ । तर यही जातको स्तर अहिले आएर समाजको लागि घातक सिद्ध भएका छन् । जातको आधारमा हुने हिंसा शोषण र हत्याले चरम विन्दु पार गर्न लागको छ । र, यसको शिकारको पहिलो भागीदार भने महिलालाई बनाइएको छ । यसरी हरेक जाति, धर्म, प्रथामा महिला लिङ्ग जोेडिएको पाइन्छ । माथि उल्लेख भएझैँ हामीकहाँ दाइजो प्रथा, छाउपडी, बालविवाह, बोक्सी प्रथा र जातीय विभेद जस्ता प्रथाहरू व्याप्त छन् । तर यी प्रथा कुनै समय एक स्थानमा मात्र हुने गर्थे भने अहिले चारैतिर हुने गरेको छ । हुन त नेपालको स्थानअनुसार हिंसाका स्वरूपहरू फरक छन् तर त्यो हिंसाको चित्कारमा महिलाकै आवाज धेरै सुनिन्छ । तराइमा क्षेत्रमा दाइजो नपाएकै कारण महिलाहरूको हत्या हुने गरेको छ भने छोरा जन्माउन नसकेको भनेर पनि महिलामाथि क्रुर हिंसा हुने गर्छ । त्यसैगरी सुदूरपश्चिममा छाउपडी प्रथा हाबी छ ।

महिनावारीलाई कलङ्कको नाम दिँदै छाउगोठमा राख्ने त्यस्ता प्रचलनहरू पनि व्याप्त छन् । तर कुनै समयमा स्थानलाई दोष दिएर व्यक्तिले गलत तरिकाले व्याख्या गर्थे भने अहिले दाइजो प्रथा, छाउपडी प्रथालगायतका हिंसाहरू जताततै हुँदै गरेको पाइन्छ । मुलुकको संरचना फेरिएपछि समाजमा रहेका यस्ता अपराधहरूको न्युनीकरण होला भन्ने सबैले आशा गरेका थिए तर हामीकहाँ कुसंस्कारमा जकडिएको समाजिक सोचका कारण यस्ता विकृतिहरूमा परिवर्तन आएको छैन । हिंसाका घटनाहरू पनि फरक–फरक तवरले अघि आइरहको छ । कुनै समय हिंसा हुनु अशिक्षा र गरिबीको कारण मानिन्थ्यो भने अहिले शिक्षित परिवार र धनाढ्यमा हिंसाका चरणहरू देख्न पाइन्छ । बलात्कार मानवबेचविखन जस्ता जघन्य अपराधमा शिक्षित व्यक्तिहरू प्रयोग भइरहेको देखिन्छ । अपराधले जताततै आफ्नो जालो विच्छ्याइसकेको छ । यस्ता घटनाक्रमहरू न्युनीकरण हुनुको साटो बढ्दै जानु भनेको भोलिको नेपाली समाजको भविष्य कस्तो हुन्छ भन्ने हो ।

के यो समाज सधैंभरि हिंसा र हत्यामा व्याप्त हुने हो । यस्ता कुरीति र कुसंस्कार देश विकासका बाधक तत्वहरू हुन् । यिनलाई जरैदेखि उखालेर फाल्नु आवश्यक छ । यसको लागि व्यक्तिको चेतनाको स्तर बढाउनु आवश्यक हुन्छ । एक मानव भएर अर्को मानवलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । समानता र सम्मान जस्ता शब्दहरूलाई सबैले आत्मसात गर्थे भने समाजबाट पक्कै पनि कुरीतिहरू सधैंको लागि विलय भएर जान्थे । र, हिंसारहित समाजको विकास हुन्थ्यो कि !