तीजलाई ताकेर आयो अमृत र रमुनाको ‘बेसारे माया’

तीजलाई ताकेर आयो अमृत र रमुनाको ‘बेसारे माया’


नेपाली महिलाले अत्यन्त महत्व दिँदै आएका तीज चाड नजिकिएसँगै सङ्गीत बजारमा तीजका गीत आउने क्रम बढेको छ । कोरोना भाइरस संक्रमणको त्रासले विगतका वर्षमा भन्दा केही कमी भए पनि विभिन्न कलाकारले तीजका गीत सार्वजनिक गर्न शुरु गरिसकेका छन् ।

यसै क्रममा ‘बेसारे मायाले’ भन्ने बोलको तीजको गीत सार्वजनिक भएको छ । अमृत भारती र रमुना कार्कीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा सङ्गीत गायक अमृत भारतीकै रहेको छ । गीतमा सङ्गीत संयोजन कृष्ण बीकेको रहेको छ ।

विगतमा भन्दा यो वर्ष गीत निकाल्न धेरै कठिन भएको र कोरोनाको महामारीलाई विशेष ध्यान दिई सरकारले तोकेको न्यूनतम सुरक्षाका मापदण्डलाई अवलम्बन गरेर गीतको म्यूजिक भिडियो बाहिर ल्याएको गायक भारतीले बताए ।

‘निकै मेहेनत गरेर यो गीत नेपाली सङ्गीतप्रेमीमाझ पस्किएका छौँ, आशा छ हाम्रो गीत मनपराउनु हुनेछ ।’ बेसारे गीतकी प्रस्तुतकर्ता तथा गायिका रमुना कार्कीको विश्वास छ ।