सिजी ब्राण्डमा आयो नेपालकै पहिलो गुगल सर्टिफाइड एन्ड्रोइड टिभी

सिजी ब्राण्डमा आयो नेपालकै पहिलो गुगल सर्टिफाइड एन्ड्रोइड टिभी


नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नेपाली बजारमा एन्ड्रोइड टिभी. भित्र्याएको छ । गुगलबाट मान्यता प्राप्त गर्न सफल नेपालकै पहिलो एन्ड्रोइड टिभी सिजीले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ ।

गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाइएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरू अपडेट गर्नेदेखि सम्पूर्ण सफ्टवेयरको समस्याहरूको समाधान गुगलले नै गर्ने गर्दछ । यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई (Android Pie 9) प्रयोग भएको छ ।

बेजल लेसयुक्त यो टिभी धेरै भन्दा धेरै विशेषताहरूले भरिपूर्ण छ । गुगलबाट मान्यता प्राप्त भएको कारण अब तपाईं यो टिभीको माध्यमबाट हरेक काम सजिलैसँग गर्न सकिने कम्पनीको दाबी छ । सिजीले नेपाली ग्राहकहरूलाई ध्यानमा राखेर यो टिभी बनाएको पनि जनाएको छ ।

कम्पनीका अनुसार यो टिभी आफ्नो बजेटअनुरुप विभिन्न साइजमा किन्न सकिने छ भने टिभी ३२ देखि ७५ इन्चसम्ममा उपलब्ध छ । साथै यो टिभीसँगै कम्पनीले एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टि.भी. बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिने छ । यसको प्रमुख विशेषताहरूमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले ग्राहकले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँको बाटो पत्ता लगाउने आदि गर्न सकिन्छ ।

त्यस्तै, यसमा अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिन्छ । कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सक्नुहुन्छ । त्यसैगरी गुगल प्लेस्टोरको माध्यबाट तपाईंले नयाँ–नयाँ एप र गेम छानी–छानी डाउनलोड गरेर प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

गुगल प्ले मुभिज र टि.भी., गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी ऱ्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ । त्यसैगरी अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ, जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ ।

कम्पनीले यो टि.भी.मा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।