नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय २३

नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय २३


नेपालमा कोरोना भाइरसको कूल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले बुधबार (२४ असार) २ सय ५५ जना संक्रमित थपिएको जानकारी दिए । उनकाअनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो।