आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०७७ बुधबार, ८ जुलाई २०२०)

■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

प्रमादीनाम संवत्सर श्रीशाके १९४२ ग्रीष्म ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७ आषाढ २४ गते तद्अनुसार सन् २०२० जुलाई ८ तारिख बुधबार श्रावण कृष्णपक्ष तृतीया तिथि ९ः५१ पर चतुर्थी तिथि धनिष्ठा नक्षत्र प्रीति योग बब करण आनन्दादिमा मित्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजेमा हुनेछ ।

आजको राशिफल :

मेष – सुख समृद्धि बढ्ला । मनोकुलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख–सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह – दिन लाभदायक र उन्नतिकारक रहला । धन मान सुख समृद्धि बढ्नेछ । यात्रापरक काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साथीभाइको साथ प्राप्त होला ।

कन्या – मनोकूलको काम बन्नेछ । आर्थिक क्षेत्रसित कार्यमा सफलता मिल्नेछ । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व बढ्ला । सुख शान्ति मिल्नेछ ।

तुला – यात्रामा सफलता मिल्नेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति मिल्ला । उन्नति पदोन्नति हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दित रहनुहुनेछ ।

वृश्चिक – दिन मिश्रित फलदायक रहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भुलचुकप्रति सचेत रहनुपर्नेछ । हांसविलासमा रुचि बढ्नेछ । खर्च र लगानी बढ्ला । योजना र बजेट बनाई कार्य गर्नु हितकर रहला । नियमकानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेस रहला ।

धनु – सुख समृद्धि मान यश महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । अन्नधन बढ्नेछ । आय स्रोत बढ्ला । रोकिएको काम बन्नुसंगै लगानी लगाइएको धन उठ्ला । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग समर्थन मिल्नेछ ।

मकर – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ । मान महत्व बढ्नेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला ।

कुम्भ – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । यात्रा होला । धर्म कर्ममा रुचि बढ्ला । ख्याति फैलिनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।



मीन – धनसम्पति बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आशा उत्साह बढ्ला । यात्रापरक काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछ ।

प्रतिक्रिया