आफ्नै प्रहरी जोगाउन नसक्ने प्रहरी निकायले सर्वसाधारणको के सुरक्षा गर्ला ?

आफ्नै प्रहरी जोगाउन नसक्ने प्रहरी निकायले सर्वसाधारणको के सुरक्षा गर्ला ?


विशेष प्रतिनिधि, कपिलवस्तु

क्वारेन्टिनमा सुरक्षारर्थ खटिएका प्रहरी हवल्दारलाई युवाहरुको एक समूहले कुटपिट गरेको छ । बुद्धभूमि नगरपालिका वडा नं. १ भेलाइस्थित सिद्धार्थ स्मारक माविमा निर्माण गरिएको क्वारेन्टिनमा ड्युटी गर्दै गरेका प्रहरी हवल्दार कमल भण्डारी स्थानीय युवाहरुको समूहबाट कुटिएका हुन् ।

क्वारेन्टिन राखिएको विद्यालयको गेटअगाडि युवाहरु आपसमा हो हल्ला गर्दै झैझगडा गरिरहेको अवस्थामा होहल्ला नगर्न आग्रह गर्दा प्रहरी हवल्दारमाथि नै युवाहरु जाइलागेको स्थानीयले बताएका छन् ।

कुटाई खाएका प्रहरी हवल्दारले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिङेले कुटपिटमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोरुसिङेमा थुनामा राखिएको छ ।

प्रहरी हवल्दारमाथि नै कुटपीटको यो घटनाले स्थानीय सर्वसाधारणहरु शान्तिसुरक्षा कमजोर भएको भन्दै चिन्तित बनेका छन् । आफ्नो प्रहरीलाई कुटपिटबाट जोगाउन नसक्ने इलाका प्रहरी कार्यालयले कसरी आम सर्वसाधारणको सुरक्षा गर्न सक्ला ? स्थानीय अगुवाहरुले प्रश्न गर्न थालेका छन् ।