नगदसहित खेल पत्रकार सम्मानित

नगदसहित खेल पत्रकार सम्मानित


युवा तथा खेलकुद मन्त्रालयले चार जना खेल–पत्रकारसहित १० सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्टका रोशन राउत, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पाठक रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरूलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मानित तुल्याए । पाठक पोखरामा भएका कारण सम्मान कार्यक्रममा उपस्थित भएनन् ।

सो अवसरमा विभिन्न सञ्चारमाध्यमका अन्य ६ युवा पत्रकारलाई पनि प्रशंसापत्र र नगद ५० हजारसहित सम्मान गरिएको थियो भने कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरेका थिए ।